शिक्षा विधेयक ‘लक’ भइसक्यो, अब सुझाव लिने अवस्था छैन : सभापति थापा

हिमाल प्रेस २२ असार २०८२ १३:५०
3.4k
SHARES
शिक्षा विधेयक ‘लक’ भइसक्यो, अब सुझाव लिने अवस्था छैन : सभापति थापा

काठमाडौँ- प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मरबहादुर थापाले विद्यालय शिक्षा विधेयकलाई अब सुझावका लागि खुला राख्ने अवस्था नरहेको बताएका छन्। शनिबार काठमाडौँमा आयोजित चन्द्रलोक प्रतिष्ठानको कार्यक्रममा बोल्दै उनले विधेयकलाई समितिले ‘लक’ गरिसकेको स्पष्ट पारे।

‘हामीले विधेयक निर्माणको क्रममा धेरै बाधा–अवरोध झेलेका छौं। तर सबै राजनीतिक दलका प्रतिनिधि सहभागी समितिमा कुनै पनि पार्टीको छाया नरहेको अवस्थामा शिक्षा सुधारमै केन्द्रित भएर विधेयक तयार गरिएको हो,’ सभापति थापाले भने।

उनले शिक्षा सुधारका लागि शिक्षकको भूमिका अत्यन्त महत्वपूर्ण रहेको बताउँदै सामुदायिक विद्यालयमा योग्य शिक्षक भित्र्याउन सेवासुविधा आकर्षक हुनुपर्ने धारणा व्यक्त गरे।

‘शिक्षकलाई निजामतीभन्दा बढी सेवासुविधा हुनुपर्छ भन्ने हाम्रो धारणा थियो। तर अहिले निजामती सरह भनिए पनि व्यवहारमा त्यो सेवा प्राप्त हुँदैन भने शिक्षक पेसा आकर्षक बन्न सक्दैन,’ थापाले भने।

उनका अनुसार प्रस्तावित विधेयकमा शिक्षक र विद्यार्थीको प्रदर्शनको आधारमा ग्रेड र बढुवासम्बन्धी नयाँ व्यवस्था प्रस्ताव गरिएको छ। ‘विद्यार्थीले कति प्रतिशतभन्दा माथि नतिजा ल्यायो, शिक्षकले आफ्नो विषयमा कस्तो प्रदर्शन गर्‍यो भन्ने आधारमा ग्रेड थप्ने या घटाउने, बढुवा दिने या रोक्ने प्रावधान राखिएको छ,’ उनले भने।

थापाले २०२८ सालको शिक्षा ऐनले जागिरेमुखी शिक्षा प्रणाली जन्माएको भन्दै अबको सुधारले उत्तरदायी र गुणस्तरीय शिक्षा प्रणाली निर्माणतर्फ लैजाने दाबी गरे।

प्रकाशित: २२ असार २०८२ १३:५०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − fifteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast