वर्तमान राजनीतिक अवस्थाले शिक्षालगायत सबै क्षेत्रमा असर : भट्टराई

हिमाल प्रेस २२ असार २०८२ १२:२०
40
SHARES
वर्तमान राजनीतिक अवस्थाले शिक्षालगायत सबै क्षेत्रमा असर : भट्टराई पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई

काठमाडौँ- पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा.बाबुराम भट्टराईले शिक्षा क्षेत्रको समुन्नत विकासका लागि निजी क्षेत्रसँग सहकार्य अपरिहार्य भएको बताएका छन्।

शनिबार काठमाडौँमा आयोजित चन्द्रलोक प्रतिष्ठानको कार्यक्रममा बोल्दै भट्टराईले नेपालको वर्तमान शिक्षा प्रणालीलाई सुधार गर्न सरकार मात्रले नभई निजी क्षेत्रको संलग्नतासमेत जरुरी रहेको बताए। उनले भने, ‘शिक्षा क्षेत्रबाट निजी क्षेत्रलाई अलग गर्न सकिँदैन, बरु मिलेर सुधार गर्नुपर्छ।’

उनले वर्तमान राजनीतिक अवस्थाले शिक्षालगायत सबै क्षेत्रमा असर पारिरहेको बताउँदै राजनीति शुद्ध नहुँदासम्म शिक्षालगायत अन्य क्षेत्र सुधार गर्न कठिन हुने धारणा व्यक्त गरे। ‘राजनीति नै विकृत भइसकेको अवस्थामा कुनै पनि क्षेत्र सुधार गर्न सकिँदैन,’ उनले भने।

राजनीतिक सुधारपछि मात्र ऐन, कानुन र संविधानमा आवश्यक परिवर्तन सम्भव हुने उनको भनाइ थियो। उनले अहिलेको फोहर राजनीतिलाई शुद्ध पार्न आफूहरू लागिपरेको पनि बताए।

प्रकाशित: २२ असार २०८२ १२:२०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast