कान्ति माविको निर्वाचन

तोडियो १५ वर्षदेखिको एमालेको वर्चस्व, विद्यालय व्यवस्थापन समिति सदस्यमा नेकपा र रास्वपाको पकट

विनोद परियार २२ असार २०८२ १०:५३
774
SHARES
तोडियो १५ वर्षदेखिको एमालेको वर्चस्व, विद्यालय व्यवस्थापन समिति सदस्यमा नेकपा र रास्वपाको पकट

बुटवल- बुटवलको कान्ति माध्यमिक विद्यालय व्यवस्थापन समितिमा ठूला दलहरूलाई निस्तेज गर्दै साना दलले प्रकट जमाएका छन्।

विद्यालयको सदस्य पदहरूमा भएको निर्वाचनमा नेकपा र रास्वपासहितको टिमले विजयी हासिल गरेको हो। बुटवलमा सदस्यहरूमध्येबाट अध्यक्ष मनोनीत गर्ने विधान रहेकाले सदस्यमा मात्र चुनाव भएको थियो।

शनिबार राति सम्पन्न भएको मतगणनामा २ जना खुल्ला सदस्यतर्फ नेकपा निकट रामकृष्ण शर्मा र रास्वपाबाट मित्र गिरी विजयी भएका हुन्। शर्माले ५१४ मत ल्याए भने गिरीले ४८१ म्त ल्याएर निर्वाचित भएको निर्वाचन अधिकृत झविन्द्र भुसालले जानकारी दिए।

प्रतिस्पर्धामा उत्रेका नेकपा एमाले निकट होमनाथ पाण्डेले ३४५ र शिव आचार्यले ३५५ मत ल्याएर पराजित भए।

महिला सदस्य २ जनामा पनि विपक्षी टिमबाट नेकपा माओवादी निकट कमला पन्थी ५८८ मतका साथ विजयी भएकी छन्। अर्को महिला सदस्यमा नेपाली कांग्रेस निकट संगिता पोखरेल ५०१ मत सहित विजयी भएकी छन्।

महिलातर्फ नेकपा एमाले निकटबाट उम्मेद्वार भएका राधिका पन्थी ३८३ र गीता अर्याल पन्तले २४६ मत ल्याएर पराजित भए। ३ हजार ९७७ मतदाता रहेपनि शनिबार एक १ हजार १४२ मत खसेको थियो।

२०८१ बैशाख पहिलो साता नै विद्यालय व्यवस्थापन समितिको समय सकिएको भएपनि नेकपा एमाले र नेपाली कांग्रेसबीच कस्ले नेतृत्व गर्ने भन्ने विषयमा टकराव हुँदा झन्डै १५ महिनापछि बल्ल निर्वाचन भएको हो।

नेकपा एमाले निकट अभिभावकहरुले दुई दशकदेखि कान्तिको व्यवस्थापनमा नेतृत्व गर्दै आएका थिए। तर, शनिबार सहमतिमा नजाँदा नयाँ दल रास्वपा सहित नेकपा, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकिकृत समाजवादी निकटका अभिभावकहरु एकजुट भएर चुनावी मैदान ओर्लदा एमालेका उम्मेद्वारहरु पराजित भएका हुन्।

५ हजार ७ सय विद्यार्थी रहेको विद्यालयमा एक अभिभावकले एक मताधिकार पाउने गरी निर्वाचन गराइएको निर्वाचन अधिकृत भुसालले बताए।

खुल्लातर्फ २ सदस्यका लागि ९ जना र २ महिला सदस्यका लागि ७ जना गरी ४ पदका लागि १६ जनाले प्रतिस्पर्धा गरेका थिए।

शनिबार बिहान साँढे ७ बजेदेखि बेलुका ६ बजेसम्म मतदान भएको थियो। शनिबार राति साँढे १ बजे मतपरिणाम निर्वाचन समितिले घोषणा गरेको थियो।

विद्यालय व्यवस्थापन समितिमा वडाध्यक्ष संरक्षक, विद्यालयका प्रधानाध्यापक सदस्य सचिव वडा कार्यालयले तोकेको एक जना सदस्य र शिक्षक कर्मचारीमध्येबाट एक जना सदस्य रहनेछन्।

यसबाहेक निर्वाचन भएका विद्यालय व्यवस्थापन समिति सदस्यहरुले विद्यालयका संस्थापक, स्थानीय वुद्धिजीवी, शिक्षाप्रेमी, विद्यालयलाई निरन्तर उल्लेख्य सहयोग गरेका व्यक्तिहरू मध्येबाट एक महिलासहित २ जना सदस्य मनोनित गर्नेछ।

यी मध्येबाट अध्यक्ष चयन गर्ने गरी बुटवल उपमहानगरको नगर शिक्षा ऐन २०७४ले उल्लेख गरेको छ। दलहरूले मनोनित गरेका २ सदस्य मध्येबाट दलका नेतालाई ल्याएर अध्यक्ष बनाउने दाउ गरेका थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − eleven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast