कालिमाटीमा तरकारीको भाउ : रायोसाग १२०, काउली ५० [अरू कति?]

हिमाल प्रेस २२ असार २०८२ ८:४८
4
SHARES
कालिमाटीमा तरकारीको भाउ : रायोसाग १२०, काउली ५० [अरू कति?]

काठमाडौँ- कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज आइतबारका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ।

समितिका अनुसार प्रस्तुत सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो। गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो ७०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो ३०, गोलभेँडा सानो (टनेल) प्रतिकिलो ५०, आलु रातो प्रतिकिलो ४५, आलु रातो (भारतीय) प्रतिकिलो ३८, आलु रातो (मुडे) प्रतिकिलो ३८, प्याज सुकेको (भारतीय) प्रतिकिलो ४६ निर्धारण गरिएको छ।

गाजर (लोकल) प्रतिकिलो ८०, गाजर (तराई) प्रतिकिलो ६०, बन्दा (लोकल) प्रतिकिलो ३५, काउली स्थानीय प्रतिकिलो ७०, काउली तराई प्रतिकिलो ५०, रातो मूला प्रतिकेजी ४५, सेतो मूला (हाइब्रिड) प्रतिकिलो २५, भान्टा लाम्चो प्रतिकिलो ३५, भन्टा डल्लो प्रतिकिलो ५०, तने बोडी प्रतिकिलो ४५ र मकै बोडी प्रतिकिलो ८० कायम भएको छ।

मटरकोसा प्रतिकिलो २००, घिउ सिमी (लोकल) प्रतिकिलो ८०, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो ५५, घिउ सिमी (जाजमा) प्रतिकिलो ९०, टाटे सिमी प्रतिकिलो ९०, भटमास कोसा प्रतिकिलो १३०, तीतो करेला प्रतिकिलो ४५, लौका प्रतिकिलो ४५, परबर (तराई) प्रतिकिलो ४५, चिचिण्डो प्रतिकिलो ३५, घिरौला प्रतिकिलो ६०, झिगुनी प्रतिकिलो ६५, फर्सी पाकेको प्रतिकिलो ४५, फर्सी हरियो (लाम्चो) प्रतिकिलो ६०, हरियो फर्सी (डल्लो) प्रतिकिलो ५०, भिण्डी प्रतिकिलो ७० कायम गरिएको छ।

सखरखण्ड प्रतिकिलो ८०, पिँडालु प्रतिकिलो ७०, स्कूस प्रतिकिलो ५०, रायोसाग प्रतिकिलो १२०, पालुंगो साग प्रतिकिलो १८०, तोरीको साग प्रतिकिलो ७०, हरियो प्याज प्रतिकिलो २५० निर्धारण गरिएको छ ।

ब्रोकाउली प्रतिकिलो ८०, चुकुन्दर प्रतिकिलो ७०, सजिवन प्रतिकिलो १७०, रातो बन्दा प्रतिकिलो १८०, जिरीको साग प्रतिकिलो १००, ग्याठकोभी प्रतिकिलो ७०, सेलरी प्रतिकिलो १४०, पार्सले प्रतिकिलो १०००, पुदिना प्रतिकिलो २००, इमली प्रतिकिलो २००, तामा प्रतिकिलो १६०, तोफु प्रतिकिलो १२० र गुन्द्रुक प्रतिकिलो ३५० तोकेको छ।

प्रकाशित: २२ असार २०८२ ८:४८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen + five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast