राप्रपाको नेतृत्वमा मात्रै मुलुकको विकास सम्भव छ : लिङ्देन

हिमाल प्रेस २१ असार २०८२ २०:४१
14
SHARES
राप्रपाको नेतृत्वमा मात्रै मुलुकको विकास सम्भव छ : लिङ्देन राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन

मोरङ– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले राजनीतिक दलले जनताले अनुभूति गर्नेगरी मुलुकको समग्र पक्षको विकास गर्नुपर्नेमा जोड दिनुपर्ने बताएका छन्।

राप्रपा विराटनगर नगर समितिको शनिबार उद्घाटन गर्दै उनले राप्रपाको नेतृत्वमा मात्र जनताले अनुभूति गर्ने किसिमको मुलुकको सम्पूर्ण विकास सम्भव रहेको धारणा राखे।

जनताको मतद्वारा राप्रपाको नेतृत्वमा सरकार निर्माण गरी मुलुकको विकासका साथै पार्टीको एजेण्डालाई कार्यान्वयन गरिने उनले बताए। उनले पार्टीको संगठन सहरदेखि गाउँसम्म निर्माण गरी जनताको समस्या समाधानतर्फ लाग्न कार्यकर्ताहरूलाई आग्रह गरे।

अध्यक्ष लिङ्देनले राप्रपा मुलुकको एक मात्र प्रजातान्तिक पार्टी भएकाले गाउँको एउटा ठिटो केन्द्रीय अध्यक्ष बन्न सफल भएको चर्चा गर्दै भ्रष्टाचार नियन्त्रण गरी मुलुकमा सुशासन कायम गर्ने मार्ग पार्टी रहेको बताए।

पार्टीका महामन्त्री प्रल्हादप्रसाद साहले मध्यावधि निर्वाचन जहिले पनि हुनसक्ने भएको कार्यकर्ताहरूलाई जनताको घरदैलोमा जान आग्रह गरे। पार्टीका प्रदेश अध्यक्ष राम थापा, जिल्ला अध्यक्ष गोपाल कटुवाल र मनोज बस्नेत लगायतले जनतालाई सर्वोपरी मानी कार्य गर्नुपर्नेमा जोड दिए।

प्रकाशित: २१ असार २०८२ २०:४१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − 14 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast