पाकिस्तानको कराँचीमा भवन भत्किँदा १२ जनाको मृत्यु

हिमाल प्रेस २१ असार २०८२ २०:०४
14
SHARES
पाकिस्तानको कराँचीमा भवन भत्किँदा १२ जनाको मृत्यु तस्बिर : एफपी

काठमाडौँ– पाकिस्तानको कराँचीमा लियारी भवन भत्किँदा मृत्यु हुनेको संख्या १२ पुगेको छ। शनिबार अपराह्न भग्नावशेषमा थप तीन जनाको शव फेला परेको उद्धार अधिकारीहरूले पुष्टि गरेका छन्।

कराँचीको लियारीस्थित बग्दादी क्षेत्रमा ६ तले आवासीय भवन भत्किँदा यो दुर्घटना भएको हो।

उद्धार अधिकारीहरूले पाँच महिलासहित ९ जनालाई घाइते अवस्थामा उद्धार गरिएको र उनीहरूको उपचार भइरहेको बताएका छन्।

कराँचीका नगरप्रमुख ब्यारिस्टर मुर्तजा वहाबले करिब २० जना मानिस भग्नावशेषमा फसेको अनुमान गरिएको र अझै पुरिएकाहरुको उद्धार कार्य जारी रहेको बताएका छन्।

कराँचीका मेयर मुर्तजा वहाबले भग्नावशेषबाट १९ जनालाई उद्धार गरिएको पुष्टि गरे।

आठ जनाको घटनास्थलमै र एक जनाको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको नगरप्रमुख मुर्तजा बहाबले जानकारी दिए। घाइतेमध्ये ६ जना उपचारपछि डिस्चार्ज भएका छन् भने तीन जना घाइतेको एसएमबीबी ट्रमा सेन्टरमा उपचार भइरहेको एआरवाई न्यूजले जनाएको छ।

प्रकाशित: २१ असार २०८२ २०:०४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast