‘कुलिङ पिरियड’ मा गडबडी : सात सदस्यीय संसदीय समिति बनाउने सहमति

हिमाल प्रेस २१ असार २०८२ १८:१९
74
SHARES
‘कुलिङ पिरियड’ मा गडबडी : सात सदस्यीय संसदीय समिति बनाउने सहमति फाइल तस्बिर

काठमाडौँ- निजामती विधेयकको कुलिङ पिरियडमा भएको गडबडीबारे छानबिन गर्न विशेष संसदीय समिति बन्ने भएको छ। सभामुख देवराज घिमिरेको उपस्थितिमा विभिन्न दलका नेताहरूबीच शनिबार भएको छलफलमा विशेष संसदीय समिति बनाउने सहमति जुटेको हो।

विधेयकमा भएका गडबडीबारे छानबिन गर्न विशेष संसदीय समिति बनाउने सहमति भएको नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले जानकारी दिए।

समिति सात सदस्यीय रहने उनले बताए। उनका अनुसार समितिमा एमाले र नेपाली कांग्रेसको तर्फबाट २–२ जना सदस्य रहनेछन्। त्यस्तै नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राप्रपाका तर्फबाट १/१ जना सदस्य रहनेछन्।

समितिका सदस्यहरूको नामावाली सोमबार सार्वजनिक गरिने बर्तौलाले बताएका छन्।

कुलिङ पिरियडका सम्बन्धमा समितिमा पारित भएको भन्दा संघीय निजामती विधेयकमा आएपछि विवाद उत्पन्न भएको छ। विधेयकमा भएको गडबडीबारे छानबिन गर्न समितिका सभापति रामहरि खतिवडाका साथै सत्ता साझेदार एमाले र विपक्षी दलहरूले माग गरेका छन्।

प्रकाशित: २१ असार २०८२ १८:१९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve + eleven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast