
काठमाडौँ– पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले राजनीतिलाई सङ्लो नपारेसम्म अन्य क्षेत्रमा सुधार गर्न नसकिने बताएका छन्।
चन्द्रलोक प्रतिष्ठानले शनिबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा भट्टराईले अहिले मुलुकको राजनीति विकृत भइसकेको भन्दै राजनीतिलाई सङ्लो नपारेसम्म अन्य क्षेत्रमा सुधार गर्न नसकिने बताए।
उनले फोहर भइसकेको राजनीतिलाई सङ्लो पार्ने प्रयासमा आफूहरु रहेको बताए। राजनीति सुधार भएपछि ऐन कानुन र संविधानमा सुधार गर्न सकिने उनले उल्लेख गरे।
भट्टराईले शिक्षा क्षेत्रबाट निजी क्षेत्रलाई अलग्गाउन नसकिने उल्लेख गर्दै निजी क्षेत्रसँग मिलेर शिक्षा क्षेत्रको सुधार गर्नुपर्नेमा जोड दिए।
कार्यक्रममा विभिन्न क्षेत्रमा क्रियाशिल व्यक्तिहरुलाई सम्मान गरिएको थियो।
प्रकाशित: २१ असार २०८२ १७:०२
प्रतिक्रिया