खानेपानी मन्त्री यादव स्वदेश फिर्ता

हिमाल प्रेस २१ असार २०८२ १३:५५
खानेपानी मन्त्री यादव स्वदेश फिर्ता

काठमाडौँ- खानेपानी मन्त्री प्रदीप यादव आज स्वदेश फिर्ता भएका छन्। संयुक्त राष्ट्रसंघको आयोजनामा ३० जुनदेखि ३ जुलाई २०२५ सम्म स्पेनको सेभिल्लामा सञ्चालन भएको विकासका लागि वित्तीयकरण शीर्षकको चौथो अन्तर्राष्ट्रिय सम्मेलनको छलफल कार्यक्रममा सहभागी हुन मन्त्री यादव असार १५ गते त्यसतर्फ प्रस्थान गरेका थिए ।

उक्त सम्मेलनमा भाग लिनका लागि मन्त्री यादव सहित मन्त्रालयका सचिव इन्जिनियर प्रमिलादेवी शाक्य बज्राचार्य समेत स्पेन प्रस्थान गरेकी थिइन्। उक्त कार्यक्रममा नेपालको राष्ट्रिय प्रतिबद्धता-सबैका लागि सुरक्षित खानेपानी र सरसफाइ सुनिश्चित गर्ने-बारे अन्तर्राष्ट्रिय समुदायलाई अवगत गराइएको मन्त्री यादवका निजी सचिव एवं उपसचिव भक्तराज जोशीले जानकारी दिए।

सम्मेलनमा विश्वका सबै सरकारका नेताहरू, विश्व र क्षेत्रीय संस्था, वित्तीय र व्यापारिक संस्था, व्यवसायी, नागरिक समाज र संयुक्त राष्ट्र प्रणालीका सम्बन्धित प्रतिनिधिहरू सहभागी रहेको थियो।

प्रकाशित: २१ असार २०८२ १३:५५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − 15 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast