महिला एसियन कप छनोट : उज्वेकिस्तानलाई हराउने दाउमा नेपाली टोली

हिमाल प्रेस २१ असार २०८२ ६:५३
14
SHARES
महिला एसियन कप छनोट : उज्वेकिस्तानलाई हराउने दाउमा नेपाली टोली

काठमाडौँ- एएफसी महिला एसियन कप छनोटअन्तर्गत समूह चरणको अन्तिम खेलमा आज नेपाली राष्ट्रिय महिला फुटबल टोलीले घरेलु टोली उज्वेकिस्तानको सामना गर्दैछ।

उज्वेकिस्तानमा हुने खेल शनिबार साँझ सवा ९ बजेपछि सुरु हुनेछ।

आजको खेलमा पराजित हुने टोली एसियन कपको दौडबाट बाहिरिने छ। त्यसैले दुवै टोली जितका लागि नै मैदान उत्रनेछन्।

यी दुई टोलीबीच निर्धारित ९० मिनेटमा नतिजा नआएमा खेल सिधै टाइब्रेकरमा जानेछ। त्यसैले नेपाली टोली निर्धारित ९० मिनेटमा नै उज्वेकिस्तानलाई हराउने रणनीतिमा हुनेछ।

समूह चरणमा लगातार दोस्रो जित निकालेका नेपाल र उज्वेकिस्तानको समान ६ अंक छ। यी दुई टोलीले २ खेलमा समान १७ गोल गरेका छन्।

समूह चरणको पहिलो खेलमा लाओसलाई ९–० ले हराएको नेपालले दोस्रो खेलमा श्रीलंकालाई ८–० ले पाखा लगाएको थियो। उता उज्वेकिस्तानले भने श्रीलंकालाई १०–० ले तथा लाओसलाई ७–० ले पराजित गरेको थियो।

प्रकाशित: २१ असार २०८२ ६:५३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six − 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast