
सुर्खेत – नेपाली कांग्रेसले ‘डिजिटल कांग्रेस निर्माण’ को कामलाई तीब्रता दिएको छ। विज्ञान तथा सूचना प्रविधि विभाग, कांग्रेसले पार्टीलाई डिजिटल युगतर्फ अगाडी बढाउनका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्ने कामलाई तीब्रता दिएको हो।
विभागले पार्टीलाई डिजिटल युगतर्फ उन्मुख गराउने लक्ष्यसहित विभिन्न रणनीतिक पहलका साथै १०० दिने अभियान सञ्चालन गरी अभिमुखीकरण गरिरहेको जनाएको छ।
पार्टीको विज्ञान तथा सूचना प्रविधि विभागले जिल्ला सचिवहरुको डिजिटल तालिम कार्यक्रम, नेपाली कांग्रेस डिजिटल कन्क्लेभ, स्थानीय तहका लागि आईसीटी तथा ई–गभर्नेन्स सिफारिस कार्यपत्र गर्ने काम गरेको छ।
विभागले ७७ वटै जिल्लाका पार्टी सभापतिहरुलाई लक्षित गर्दै डिजिटल साक्षरता, डेटा व्यवस्थापन, साइबर सुरक्षा र सामाजिक सञ्जालमा राजनीतिक संचार विषयमा केन्द्रित गरी दुई दिने तालिम सञ्चालनको तयारी गरिएको विज्ञान तथा सुचना प्रविधि विभागका अध्यक्ष सुशिला मिश्र भट्टले जानकारी दिइन्।
कार्यक्रमले सूचना प्रविधि क्षेत्रको समग्र विकासमा योगदान पु¥याउने उद्देश्य राखेको उनले बताइन्।
कार्यक्रममा निति निमार्ता , युवा , उद्यमी , प्रविधिकर्मी तथा अनुसंन्धानकर्ताकोसहभागिता रहने जनाइएको छ। कार्यक्रमले डिजिटल रणनीति निमार्ण , अनुभव आदानप्रदान र समावेशी प्रविधिमैत्री वातावरणको मार्गचित्र तय गर्नेछ।
यस्तै कार्यक्रममा ७ सय ५३ वटै स्थानीय तहलाई लक्षित गर्दै पूर्वाधार , कनेक्टिविटी , जनशक्ति र प्रणाली नामक चार स्तम्भमा आधिारित आइसिटीका साथै समसामयिक राजनितीको संगठन मजबुतीकरणको लागि सबैको भुमकिा आवश्यक रहने गरि कार्यक्रमहरु प्रस्ताव गरिएको अध्यक्ष भट्टले बताइन्।