
काठमाडौँ- आज असारको तेस्रो शनिबार। केही समय यता हामीले साताको प्रत्येक शनिबार उपत्यकामा हुने र भइरहेका मनोरञ्जनात्मक गतिविधिहरुको विवरण संकलन गर्दै आइरहेका छौँ। जो फुर्सदमा हुनुहुन्छ उहाँहरुको लागि बिदाको दिन सदुपयोग गर्दै केही सिक्ने र बुझ्ने मौका मिल्न सक्छ। यो साता पुस्तक विमोचन, नाटक मञ्चनदेखि केशी विदेशी फिल्म हलमा लागेको छ।
हेरौं, उपत्यकामा केके हुँदै छ?
शान्ति निहारिकाको उपन्यास ‘चट्याङको मूर्छना’ विमोचन
आज शान्ति निहारिकाको उपन्यास ‘मूर्छना’ विमोचन हुँदैछ। कार्यक्रम जमलस्थित राष्ट्रिय नाचघरमा दिउँसो १२ः३० बजे सुरू हुनेछ। साझा चौतारीले आयोजना गरेको कार्यक्रममा सांस्कृतिक पर्यटन तथा नागरिक उड्ययनमन्त्री बद्री पाण्डे प्रमुख अतिथिका रूपमा उपस्थित हुनेछन्। पुस्तक दीपश्री क्रियटिभ मिडियाले प्रकाशन गरेको हो।
बलराम पौडेलको ‘पर्दापछाडीको भूटान’ लोकार्पण
ललितपुरको पाटनढोकास्थित यालामाया केन्द्रमा आज बलराम पौडेलको ‘पर्दापछाडीको भूटान’ लोकार्पण हुँदैछ। पुस्तक पेज टर्नरले प्रकाशन गरेको हो। टंकप्रसाद आचार्य स्मृति प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा राजबन्दी र शरणार्थी मुद्दामाथि विमर्श पनि हुनेछ।
कौसी थिएटर (कथा घेरा) मा ‘सिक रूम’
टेकुस्थित कौशी थिएटरमा असार ६ देखि नाटक ‘सिक रूम’ मञ्चन भइरहेको छ। आकांक्षा कार्कीको निर्देशनमा बनेको नाटक राजिव जोसेफको नाटक ग्रुसम प्लेग्राउन्ड इन्जरिजको नेपाली रूपान्तरण हो। नाटक निर्देशक कार्कीले नै रूपान्तरण गरेकी हुन्।
निर्देशक कार्कीसहित नाटकमा नूर खनाल, अभिषेक खड्का, आकांक्षा कार्की र सुदाम सिकेको अभिनय छ। यही २८ असारसम्म मञ्चन हुने नाटकको आज दुई सो हुँदैछ। दिउँसो १ बजे र साँझ ५ः १५ बजे।
मण्डला थिएटरमा ‘हराएको कुकुर’
थापागाउँस्थित मण्डला थिएटरमा नाटक ‘हराएको कुकुर’ को आजदेखि मञ्चन सुरू हुँदैछ। नाटक मणि कुलुङ राईको कथा र निर्देशनमा बनेको छ। रविन तामाङको नाट्य रूपान्तरण रहेको नाटकलाई राज्यद्वारा हराइएको सत्यको प्रतीकको रूपमा लिइएको छ। नाटकमार्फत राज्य संरचनामा भइरहेको अन्याय, अनुसन्धान प्रणालीको पक्षपात र नागरिक आवाजमाथिको दमनलाई उजागर गर्ने प्रयास गरेको छ। आगामी साउन ४ सम्म मञ्चन हुने नाटकको आज दिउँसो १२ बजे र ४ बजेको दुई सो हुँदैछ। नाटकमा किरण नेपाली, स्मृती कल्मर, रेज्मी राई, इन्द्रेणी कुलुङ, रमा कुलुङ, अबिनास डि एम, मिना श्रेष्ठ, मनि कुलुङ र सुनिल वाहिङ राईले अभिनय गरेका छन्।
हलमा नेपाली, हिन्दी र अंग्रेजीगरी ११ फिल्म
कुन कुन फिल्म?
जुरासिस वल्र्ड : रिवर्थ
हलिउड फिल्म ‘जुरासिस वल्र्ड : रिवर्थ’ नेपालमा प्रदर्शन भइरहेको छ। एक्सन एडभेञ्चर, साइन्स फिक्सन र थ्लिर जनराको समीश्रणमा बनेको छ। ग्यारेथ एडवडर््स निर्देशित फिल्ममा स्कारलेट जोहानसन, रूपर्ट फ्रेन्ड, जोनाथन बेलीलगायत कलाकारको अभिनय छ।
शनिबार उपत्यकाको क्युएफएक्स सिनेमाजअन्तर्गत राइजिङ मल, सिभिल मल, सिटी स्क्वायर मल, लबिम मल, दरबार सिनेम्याक्स, छाया सेन्टर, भाटभटेनी भक्तपुरमा फिल्मको १८ सो छ। आइएनआई सिनेमा अन्तर्गत लोत्से मल र एनबी सेन्टर, वान सिनेमाज अन्तर्गत आइप्लेक्स मल र कालीमाटी ट्रेड सेन्टर, बिएसआर मुभिज, सिके सिनेमाज, एफक्युब सिनेमाज, रञ्जना सिनेप्लेक्स, बिग मुभिज, सिटी सिनेमाज, सिडिसी सिनेमाज, कीर्तिपुर सिनेप्लेक्स, विश्वज्योति हलमा फिल्मको सो छ।
नाफ्राटेन
बलिउड फिल्म ‘नाफ्राटेन’ नेपालमा प्रदर्शन भइरहेको छ। एक्सन र ड्रामा जनरामा बनेको फिल्मको मुख्य भूमिकामा अभिनेता आर्यन कुमार छन्। जय भट्टाचार्जी निर्देशित फिल्ममा आर्यन कुमार, निस्तिक राजन, चन्द्र प्रकाश ठाकुर, मुकेश ऋषि, आदित्य कर्तर्यालगायत कलाकारको अभिनय छ।
शनिबार उपत्यकाको क्युएफएक्स सिनेमाजअन्तर्गत सिभिल मल, वान सिनेमाज अन्तर्गत आइप्लेक्स मल र कालीमाटी ट्रेड सेन्टर, आइएनआई सिनेमा अन्तर्गत लोत्से मल र एनबी सेन्टर, बिएसआर मुभिज, सिके सिनेमाज, रञ्जना सिनेप्लेक्स, सिडिसी सिनेमाज, सिटी सिनेमाज, विश्वज्योति हलमा फिल्म चलिरहेको छ।
मेट्रो इन डिनो
बलिउड फिल्म ‘मेट्रो एन डिनो’ असार २० देखि नेपालमा प्रदर्शन भइरहेको छ। रोमान्स र ड्रामा जनरामा बनेको फिल्म अनुराग बासुले निर्देशन गरेका हुन्। पंकज त्रिपाठी, आदित्य रोय कपूर, सारा अलि खान, अनुपम खेर, अलि फजललगायत कलाकारको अभिनय छ।
शनिबार उपत्यकाको क्युएफएक्स सिनेमाजअन्तर्गत राइजिङ मल, दरबार सिनेम्याक्स, सिटी स्क्वायर मल, लबिम मल, सिभिल मल, छाया सेन्टर र भाटभटेनी भक्तपुरमा फिल्मको १९ सो छ।
आइएनआई सिनेमा अन्तर्गत लोत्से मल र एनबी सेन्टर, वान सिनेमाज अन्तर्गत आइप्लेक्स मल र कालीमाटी ट्रेड सेन्टर, एफक्युब सिनेमाज, रञ्जना सिनेप्लेक्स, बिएसआर मुभिज, सिके सिनेमाज, बिग मुभिज, सिडिसी सिनेमाज, सिटी सिनेमाज, कीर्तिपुर सिनेप्लेक्स, विश्वज्योति हलमा फिल्म ‘मेट्रो इन डिगो’ चलिरहेको छ।
एफ १ः द मुभि
हलिउड फिल्म ‘एफ १ः द मुभि’ यही असार १३ देखि नेपालमा प्रदर्शन भइरहेको छ। ड्रामा जनरामा बनेको फिल्मका निर्देशक जोसेफ कोसिन्स्की हुन्। फिल्ममा ब्राड पिट जेभियर बार्डेम, ड्यामसन इद्रिसलगायत कलाकारको अभिनय छ।
शनिबार उपत्यकाको क्युएफएक्स सिनेमाजअन्तर्गत राइजिङ मल, भाटभटेनी भक्तपुर, छाया सेन्टर, लबिम मल, सिभिल मल र दरबार सिनेम्याक्समा फिल्मको ९ सो छ। आइएनआई सिनेमा अन्तर्गत एनबी सेन्टर, वान सिनेमाज अन्तर्गत आइप्लेक्स मल र कालीमाटी ट्रेड सेन्टर, रञ्जना सिनेप्लेक्स, एफक्युब सिनेमाज, बिग मुभिज, सिडिसी सिनेमाजमा फिल्म चलिरहेको छ।
मा
बलिउड फिल्म ‘मा’ असार १३ देखि नेपालमा प्रदर्शन भइरहेको छ। हरर जनरामा बनेको फिल्ममा काजोल, रोनित रोय इन्द्रनिल सेनगुप्तालगायत कलाकारको अभिनय छ। फिल्मका निर्देशक विशाल फरिया हुन्।
शनिबार उपत्यकाको क्युएफएक्स सिनेमाजअन्तर्गत राइजिङ मल, भाटभटेनी भक्तपुर, छाया सेन्टर, सिभिल मल, सिटी स्क्वायर मल र लबिम मलमा फिल्मको ६ सो छ। वान सिनेमाज अन्तर्गत आइप्लेक्स मल र कालीमाटी ट्रेड सेन्टर, रञ्जना सिनेप्लेक्स, सिटी सिनेमाज, बिग मुभिज, सिके सिनेमाज, बिएसआर मुभिज, विश्वज्योति हलमा फिल्म ‘मा’ चलिरहेको छ।
सितारे जमीन पर
बलिउड फिल्म ‘सितारे जमीन पर’ यही असार १३ देखि नेपालमा प्रदर्शन भइरहेको छ। कमेडी र ड्रामा जनरामा बनेको फिल्मका निर्देशक आर.एस. प्रसन्न हुन्। फिल्ममा आमिर खान, जेनेलिया देशमुख, बृजेन्द्र कालालगायत कलाकारको अभिनय छ।
शनिबार उपत्यकाको क्युएफएक्स सिनेमाजअन्तर्गत राइजिङ मल, सिभिल मल, सिटी स्क्वायर मल, छाया सेन्टर, भाटभटेनी भक्तपुर, लबिम मल, दरबार सिनेम्याक्समा फिल्मको ३१ सो छ। आइएनआई सिनेमा अन्तर्गत लोत्से मल र एनबी सेन्टर, वान सिनेमाज अन्तर्गत आइप्लेक्स मल र कालीमाटी ट्रेड सेन्टर, रञ्जना सिनेप्लेक्स, एफक्युब सिनेमाज, बिग मुभिज, सिके सिनेमाज, सिडिसी सिनेमाज, बिएसआर मुभिज, कीर्तिपुर सिनेप्लेक्स, विश्वज्योति हल, सिटी सिनेमाजमा फिल्म चलिरहेको छ।
कनप्पा
बलिउड फिल्म ‘कनप्पा’ नेपालमा प्रदर्शन भइरहेको छ। एक्सन र ड्रामा जनरामा बनेको फिल्ममा विष्णु मन्चु मोहनलाल, प्रभास, अक्षय कुमारलगायत कलाकारको अभिनय छ। फिल्मका निर्देशक मुकेश कुमार सिंह हुन्। शनिबार उपत्यकाको क्युएफएक्स सिनेमाजअन्तर्गत सिभिल मल, रञ्जना सिनेप्लेक्स, बिएसआर मुभिज, सिडिसी सिनेमाजमा फिल्मको सो छ।
२८ इयर्स लेटर्स
हलिउड फिल्म ‘२८ इयर्स लेटर्स’ पनि असार ६ देखि नै नेपालमा प्रदर्शन भइरहेको छ। हरर थ्रिलर जनरामा बनेको फिल्ममा ज्याक ओकोनेल, राल्फ फिएनेस, आरोन टेलर–जोनसनलगायत कलाकारको अभिनय छ। फिल्मका निर्देशक ड्यानी बोयल हुन्। शनिबार उपत्यकाको क्युएफएक्स सिनेमाजअन्तर्गत सिटी स्क्वायर मलमा फिल्मको २ सो छ।
हाउ टु ट्रेन योर ड्रागन
त्यस्तै हलिउड फिल्म ‘हाउ टु ट्रेन योर ड्रागन’ पनि जेठ ३० देखि नै नेपालमा प्रदर्शन भइरहेको छ। एक्सन र एडभेञ्चर जनरामा बनेको फिल्ममा मेसन थेक्स, निको पार्कर, जेरार्ड बटलर, निक फ्रस्टलगायत कलाकारको अभिनय छ। फिल्मका निर्देशक डीन डेब्लोइस हुन्। क्युएफएक्स सिनेमाअन्तर्गत शनिबार उपत्यकाको छाया सेन्टर फिल्मको एक सो छ।
ऊनको स्वीटर
वैशाख २६ देखि हलमा फिल्म ‘ऊनको स्वीटर’ प्रदर्शन भइरहेको छ। फिल्म नवीन चौहानको लेखन र निर्देशनमा बनेको छ। यो उनको डेब्यु फिचर फिल्म हो। फिल्मले १० करोडभन्दा माथिको व्यापार गरिसकेको छ।
प्रेम कथामा आधारित फिल्ममा विपिन कार्की, मिरुना मगर, परीक्षा लिम्बू, एलेक्स पारस, सुनिल पोखरेल, विल्सन विक्रम राई, माओत्से गुरुङ, सुरज तमूलगायत कलाकारको अभिनय छ।
क्युएफएक्स सिनेमाअन्तर्गत शनिबार उपत्यकाको भाटभटेनी भक्तपुर, सिभिल मल, लबिम मल र सिटी स्क्वायर मलमा फिल्मको ३ सो छ। एफक्युब सिनेमाज, बिग मुभिजमा फिल्म ‘ऊनको स्वीटर’ प्रदर्शनरत छ।