पोखरामा सुनचाँदी व्यवसायी आन्दोलित (तस्बिरहरू)

विजय नेपाल २० असार २०८२ १५:००
10
SHARES
पोखरामा सुनचाँदी व्यवसायी आन्दोलित (तस्बिरहरू)

पोखरा – पोखराका सुनचाँदी व्यवसायीहरु आन्दोलित भएका छन्। सरकारले आर्थिक वर्ष २०८२/०८३ को बजेटमा सुनचाँदीको गरगहनामा विलासित कर लगाएपछि फिर्ताको माग गर्दै उनीहरु पसल बन्द गरेर निरन्तर आन्दोलित छन्।

शुक्रबार सुनचाँदी व्यवसायीहरूको पोखरामा विशाल विरोध प्रदर्शन भयो। नेपाल सुनचाँदी व्यवसायी महासंघ गण्डकी प्रदेशको आह्वानमा पोखराको सभागृह चोकमा भेला भएका व्यवसायीहरुको आन्दोलनले केही समय यहाँको ट्राफिक व्यवस्थापन समेत अस्तव्यस्त बन्न पुग्यो।

सुनमा लगाइएको २ प्रतिशत बिलासिता कर र बहुमूल्य हिरा पत्थरमा १३ प्रतिशत भ्याट खारेज हुनुपर्ने, सुनको भन्सार ६ प्रतिशत कायम गर्नुपर्ने, सुनचाँदीको कारोबारका लागि प्रस्ट नीति नियमावली माग गर्दै विभिन्न नारा अंकित प्ले कार्ड बोकेका व्यवसायीहरुले सभागृहबाट न्यूरोड हुँदै चिप्लेढुंगास्थित मानवअधिकार चोकमा पुगेर सभा गरेका हुन्।

प्रकाशित: २० असार २०८२ १५:००

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 + 14 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast