‘यो मन त मेरो नेपाली हो’ शीर्ष गीतमा कलाकारकाे जम्बाे टाेली

हिमाल प्रेस २० असार २०८२ १६:२४
22
SHARES
‘यो मन त मेरो नेपाली हो’ शीर्ष गीतमा कलाकारकाे जम्बाे टाेली

काठमाडौँ- यही असार २७ देखि प्रदर्शन हुने फिल्मको शीर्ष गीत सार्वजनिक गरिएको छ। गीतमा कमल रसाइलीको स्वर छ।  गीतकार शंकर अधिकारी घायलको शब्द रहेको गीतमा विशाल चौधरीले संगीत भरेका छन्। गीतमा नेपालको कला-संस्कृति र नेपालीहरुको वीरताको बयान गरिएको छ।

कविराज गहतराजको कोरियोग्राफी रहेको गीतको भिडियोमा फिल्मका मुख्य कलाकार रोशन श्रेष्ठ, विजय बराल, विल्सन विक्रम राई, बुद्धि तामाङ, आयुषा समाल लगायत देखिएका छन्। उनीहरूले नेपालको झण्डा प्रयोग गरेका छन।

निर्देशक नर प्रधान (मित्र)ले यो गीतले फिल्मको कथावस्तुलाई दर्शाएको निर्देशक नर प्रधान (मित्र)ले बताए। फिल्मको कथा शिवम् अधिकारीले लेखेका छन्।

पद्यमा इश्वर इन्टरटेन्मेन्टको प्रस्तुतिमा बनेको फिल्मका प्रस्तुतकर्ता मित्र प्रधान हुन्। ज्ञान बहादुर प्रधान (रोशन) निर्माता रहेको फिल्म सौरभ लामाको छायांकन, देव महर्जन द्वन्द्व, समिर मियाको भिएफएक्स, कविराज गहतराज र प्रमोद भण्डारीको कोरियोग्राफी, बनिश शाहको सम्पादनमा बनेको छ।

प्रकाशित: २० असार २०८२ १६:२४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five + 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast