
काठमाडौँ- नेपालकै सबैभन्दा ठूलो अटोमोबाइल प्रदर्शनी ‘नाडा अटो शो–२०२५’ आगामी भदौ ३ देखि सुरू हुने भएको छ। प्रदर्शनी भदौ ८ सम्म भृकुटीमण्डपमा सञ्चालन हुनेछ। प्रदर्शनीका लागि स्टल निर्धारण कार्य सम्पन्न भएको आयोजकले जनाएको छ।
आयोजका अनुसार यस नाडा अटो शोको यस संस्करणका विशेष आकर्षणहरू मेड इन नेपाल पभिलियन, विन्टेज कार पभिलियन, अटो डायलग (नीति र प्रवृत्तिसम्बन्धी संवाद), इटेरी क्याफेलगायत रहनेछन्।
यो संस्करणको मुख्य प्रायोजक ‘एमएडब्ल्यू ग्रुप अफ कपम्पनीज’ रहनेछ जो एक नवीन र गैरप्रतिस्पर्धी उत्पादनमार्फत शोमा सहभागी हुने आयोजकले जनाएको छ।
यसपालिको नाडा अटो शोमा चार पाङ्ग्रे, दुई पाङ्ग्र, लाइट कमर्सियल गाडी, अटो कम्पानेन्टलगायत सहभागी हुने जनाइएका छ। त्यस्तै प्रदर्शनीमा ४० भन्दा बढी स्टल रहनेछन्।
विसं २०५५ मा सुरू भएको नाडा अटो शोलाई नेपाली अटो उद्योगको प्रमुख प्रदर्शनीको रूपमा हेरिएको छ।