
काठमाडौँ- नेपालका लागि टाटा मोटर्सको एकमात्र आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङ प्रालिले ‘७.७ डिल्स लाइक नेभर विफोर’ नामक ग्राहक लक्षित विशेष योजना सार्वजनिक गरेको छ। असार १९ देखि २३ गतेसम्म लागू हुने गरी सिप्रदीले यो योजना सुरू गरेको हो।
योजना अवधिमा जुनसुकै ब्रान्डका पुराना गाडी साटेर नेपालमै सर्वाधिक रुचाइएका टाटा ब्रान्डका अत्याधुनिक प्रविधियुक्त टियागो ईभी, पञ्च ईभी नेक्सन के ३ ईभी र कभ ईभी एक्सचेन्ज तथा खरिद गरिने सकिने कम्पनीले जनाएको छ।
यो योजनाअन्तर्गत ग्राहकहरूले टाटा गाडी खरिद गर्दा जोडीका लागि थाइल्याण्ड भ्रमण, एक वर्षको अटोप्लस बिमा, दुई आर्थिक वर्षसम्मको सवारी कर, निःशुल्क एसेसोरिज, वारेन्टी अवधिभर चार्जिङ सेवा, चार्जिङ बक्ससहितको जडान र एम्बोस्ड नम्बर प्लेट सुविधा प्राप्त गर्न सक्नेछन्।
साथै टाटा मोटर्सका देशभर रहेका शोरुमहरूमा टेस्ट ड्राइभ, बुकिङ वा गाडी मूल्यांकन गर्ने ग्राहकहरूले विभिन्न आकर्षक उपहार प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ। यसका साथै एक जना भाग्यशाली विजेताले बम्पर पुरस्कारस्वरूप स्कुटर जित्ने अवसर पाउनेछन्।
विद्युतीय यात्रालाई सहज, सुरक्षित र लाभदायक बनाउने प्रतिबद्धताका साथ यो योजना ल्याइएको सिप्रदीले जनाएको छ। योजना सीमित अवधिभरमात्र लागू हुने भएकाले समयमै नजिकको शोरुमा सम्पर्क गर्न कम्पनीले ग्राहकहरूसँग अनुरोध गरेको छ।