सदनमा प्रतिरोध कायमै राख्ने रास्वपाको निर्णय, निजामती विधेयकमा बदमासीपूर्ण हेरफेर भएको ठहर

हिमाल प्रेस १९ असार २०८२ १८:२५
20
SHARES
सदनमा प्रतिरोध कायमै राख्ने रास्वपाको निर्णय, निजामती विधेयकमा बदमासीपूर्ण हेरफेर भएको ठहर रास्वपा महामन्त्री कविन्द्र बुर्लाकोटी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानविन समिति गठन नभएसम्म सदनमा प्रतिरोध कायमै राख्ने निर्णय गरेको छ।

बिहीबार पार्टी कार्यालय बनस्थलीमा बसेको पार्टी सचिवालय बैठकले भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानविन समिति गठन र गृहमन्त्रीको राजीनामा आउनुपर्ने विषयमा अडान कायमै राख्दै सदनमा निरन्तर प्रतिरोध गर्ने निर्णय गरेको महामन्त्रीमा कविन्द्र बुर्लाकोटीले जानकारी दिए।

त्यस्तै राज्य व्यवस्था समितिबाट पारित भएको निजामति विधेयक, प्रतिनिधिसभाबाट पारित हुँदा कुलिङ अफ पिरियडको व्यवस्थामा भएको बदमासीपूर्ण हेरफेर संविधानले व्यवस्था गरेको संसदको सार्वभौममाथि प्रहार भएको बैठकको ठहर रहेको उनले बताए।

बैठकले कानून बनाउने विधायकी स्वतन्त्रतामाथि आँच आउनेगरी भएको बदमासीपूर्ण छलछामको गतिविधिलाई अनदेखा नगरी यस कार्यमा संलग्नमाथि छानविन गरी दोषिमाथि कारवाही गर्न संसदीय छानविन समिति बनाउन माग गरेको महामन्त्री बुर्लाकोटीले जानकारी दिए।

त्यस्तै बैठकले रुपन्देही क्षेत्र नम्बर ३ मा हुने उपनिर्वाचन रास्वपाका तर्फबाट योग्य उम्मेदवार छनौट गर्नका लागि सचिवालय बैठकमा पेस भएको उम्मेदवार छनौट विधिमा छलफल भएको र सुझावलाई समेत समेटेर आइतबार बस्ने सचिवालय बैठकले उम्मेदवार छनौट विधिलाई पारित गर्ने बुर्लाकोटीले बताए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast