आफ्नै अध्यक्षलाई ‘सिनो’ भन्ने झाँक्रीले पार्टीमा दर्ता गराइन् यस्तो पत्र

हिमाल प्रेस १९ असार २०८२ १३:३१
64
SHARES
आफ्नै अध्यक्षलाई ‘सिनो’ भन्ने झाँक्रीले पार्टीमा दर्ता गराइन् यस्तो पत्र

काठमाडौँ- आफ्नै अध्यक्ष माधवकुमार नेपाललाई ‘मरेको सिनो’ भन्ने अभिव्यक्ति दिएर विवादमा तानिएकी नेकपा एकीकृत समाजवादीकी स्थायी कमिटी सदस्य रामकुमारी झाँक्रीले पार्टी अध्यक्ष माधवकुमार नेपाललाई सम्बोधन गरी पत्र दर्ता गराएकी छन्। नेत्री झाँक्रीले बिहीबार पार्टी कार्यालय आलोकनगर पुगेर पत्र दर्ता गराएकी हुन्।

स्थायी कमिटी बैठक तत्काल बस्ने अवस्था नरहेकाले जारी सचिवालय बैठकमा उपस्थित भई स्पष्ट पार्ने मौका प्रदान गर्न आग्रह गर्दै उनले अध्यक्षका नाममा पत्र दर्ता गराएकी छन्। उनले पत्रमा आफूमाथि उठेका विषयमाथि सचिवालय बैठकमा नै प्रस्ट पार्न पाऊँ भन्ने व्यहोरा उल्लेख गरेकी छन्।

झाँक्रीले आफूलाई पार्टीले स्पष्टीकरण सोधेको भन्ने विषय निराधार भएको बताइन्। उनले आफूले बोलेका विषयमा बैठकमा कुरा राख्ने जानकारी दिइन्।

झाँक्रीले आफूले एउटा कार्यकर्ता भेलामा बोलेका कुरालाई लिएर पार्टीको ध्यानाकर्षण भई निर्देशन जारी भएपछि कहीँ पनि सार्वजनिक रूपमा प्रतिक्रिया नदिएको बताइन्। तर पार्टीका ठूला नेताहरुले सामाजिक सञ्जाल र सञ्चारमाध्यममा आफूविरुद्ध दिएको अभिव्यक्तिप्रति व्यक्तिगत र राजनीतिक हिसाबले प्रतिवाद गर्ने झाँक्रीको भनाइ छ।

झाँक्रीले असार १४ गते युवा संघ लुम्बिनी प्रदेशको भेलामा समयअघि नै पार्टी नेतृत्व परिवर्तन गर्नुपर्ने अभिव्यक्ति दिएकी थिइन्। उनले उक्त कार्यक्रममा कानुनी, संवैधानिक हिसाबले अध्यक्ष माधवकुमार नेपालमाथि संकट आएको बताएकी थिइन्।

उनले भनेकी थिइन्, ‘अरू कैयौँ पार्टीका सदस्यमाथि पनि समस्या आएकै छ। अब काँधमाथि मरेको सिनो हालेर हिँड्न सकिँदैन। … अर्ली महाधिवेशन गरौँ। हलबाट नेतृत्व छानौँ।’

 

प्रकाशित: १९ असार २०८२ १३:३१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 − five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast