झापामा दुई युवकको शंकास्पद मृत्यु

हिमाल प्रेस १९ असार २०८२ ११:०५
8
SHARES
झापामा दुई युवकको शंकास्पद मृत्यु प्रतिनिधिमूलक तस्बिर

झापा- झापामा दुई युवकको शंकास्पद रूपमा मृत्यु भएको छ।  शिवसताक्षी नगरपालिका-९ बस्ने १९ वर्षीय रोमन थापा र १५ वर्षीय आदित्य तामाङको साथीको कुटपिटबाट मृत्यु भएको उजुरी परेको प्रहरीले जनाएको छ।

एक साताअघि साथीसँग झगडा हुँदा थापा र तामाङ घाइते भएका थिए। घाइते दुवैजनाको उपचारका क्रममा मृत्यु भएको थियो। साथीसँग झगडा भएको र कुटपिट भएको विषयमा दुवैजनाले परिवारलाई भनेका थिएनन्। थापाको शनिबार र तामाङको बुधबार उपचारको क्रममा मृत्यु भएको हो। गत असार ११ गते कुटपिटको घटना भएको थियो।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार कुटपिटमा संलग्न रहेको शंकामा ६ जनालाई पक्राउ गरेर अनुसन्धान सुरु गरिएको छ। सबै १६ वर्षभन्दा कम उमेर समूहका रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख राजन लिम्बूले इलाका प्रहरी कार्यालय झिलझिलेमा कुटपिट सम्बन्धमा उजुरी परेपछि घटनामा संलग्न रहेका भनिएकाहरूलाई पक्राउ गरेर अनुसन्धान अघि बढाइएको बताए।

प्रकाशित: १९ असार २०८२ ११:०५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast