
काठमाडौँ- रुकुम पश्चिमस्थित मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ। चौरजहारी नगरपालिका-८, कालेखोला पुलनजिकै सडक पूर्ण रूपमा अवरुद्ध भएको हो।
बिहीबार (असार १९) बिहान करिब सवा ७ बजे उक्त स्थानमा पहिरो खस्दा सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ। सडकमाथिबाट पहिरो खस्दा मध्यपहाडी लोकमार्गको उक्त खण्ड पूर्ण रूपमा अवरुद्ध भएको हो।
प्रकाशित: १९ असार २०८२ १०:१४
प्रतिक्रिया