एसीसी यू १६ इस्ट जोन कप : नेपालले पहिला बलिङ गर्ने

हिमाल प्रेस १९ असार २०८२ ७:२७
14
SHARES
एसीसी यू १६ इस्ट जोन कप : नेपालले पहिला बलिङ गर्ने

काठमाडौँ- नेपालले एसीसी यू १६ इस्ट जोन कपको सेमिफाइनल खेल अन्तर्गत मलेसियाविरुद्ध बलिङ गर्ने भएको छ।

नेपालका कप्तान विपिनप्रसाद शर्माले टस जितेर फिल्डिङको निर्णय गर्दै मलेसियालाई पहिले ब्याटिङको निम्तो दिएका छन्। सेमिफाइनल खेल बिहान पौने ८ बजेदेखि सेलांगर टर्फ क्लबमा सुरु हुनेछ।

प्रतियोगिताको समूह ‘ए’ मा रहेको नेपाल समूहविजेता हुँदै सेमिफाइनल खेल्दै छ। मलेसिया भने समूह ‘बी’को उपविजेता हो।

प्रकाशित: १९ असार २०८२ ७:२७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast