
बैतडी- गृहमन्त्री रमेश लेखकले देशको आवश्यकताअनुसार दुई ठूला दल मिलेको स्पष्ट पारेका छन्। बैतडी आइपुगेका लेखकले आज (बुधबार) आयोजित अन्तर्क्रियामा देशको आवश्यकताअनुसार नै नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) मिलेर गठबन्धनको सरकार बनेको बताए।
‘दुई ठूला दल मिलेर गठबन्धन बनेको छ। जसका लागि सातबुँदे सहमति गरेका छौँ। गठबन्धन बनाइसकेपछि इमानदारीपूर्वक बस्नुपर्छ,’ उनले भने। केही कठिनाइ जटिलता भए पनि त्यसको समाधानमा सरकार लागिपरेको मन्त्री लेखकले बताए।
गठबन्धन सरकारप्रति जनताको थुप्रै आशा र चाहना भए पनि सबै कुरा पूरा हुन नसकेका बताउँदै उनले ती आशा र चाहना पूरा गर्न सरकार लागिपरेको बताए। रासस
प्रकाशित: १८ असार २०८२ २१:३०
प्रतिक्रिया