
काठमाडौँ- नेकपा माओवादी केन्द्रले वर्तमान गठबन्धनको सरकार धेरै दिन नटिक्ने दाबी गरेको छ। पार्टी कार्यालय पेरिसडाँडामा बुधबार पत्रकार सम्मेलन गर्दै माओवादी प्रवक्ता अग्निप्रसाद सापकोटाले सरकारप्रति कांग्रेसभित्रै चर्को आक्रोश रहेकाले वर्तमान गठबन्धन धेरै दिन नटिक्ने बताएका हुन्।
सरकारलाई लिएर कांग्रेसभित्र चर्को अन्तर्विरोध देखिएकाले सरकारका आयु धेरै दिन छैन भन्ने सहजै अनुमान लगाउन सकिने सापकोटाको भनाइ छ।
सापकोटाले आफूहरू सरकार ढाल्ने खेलमा भने नरहेको स्पष्ट पारे। उनले संविधान संशोधनको आवरण बनाएर दुई दलको सरकार बनाइएको भन्दै अहिले दुई दलको सरकार अधिनायकवादको दिशातर्फ उन्मुख रहेको जिकिर गरे।
वर्तमान सरकार मुलुकको कलंकको रुपमा स्थापीत भइरहेको उनको भनाइ छ । सापकोटाले निजामती विधेयकका विषयमा सांसदहरुको इमानमाथि प्रश्न उठेको भन्दै यसको जिम्मा संसद्को नेतृत्व तहले लिनुपर्ने बताए।