
काठमाडौँ- असारको धान रोप्ने समयलाई परिवेश बनाउँदै राजेश ढकालले ‘जान्न असार उम्केर’ बोलको असारे गीत सार्वजनिक गरेका छन्। खेतमा धान रोप्न गएका राेपाहार र हलीबीचको प्रेमकथा गीतमा प्रस्तुत गरिएको छ।
गीतमा गायक ढकालकै शब्द रहेको गीतमा उनले संगीत भरेका छन्। गायनमा ढकाललाई सरू गौतमले साथ दिएकी छन्। गीतकाे भिडियाेमा पनि गायक ढकाल र गाैतबीचकाे प्रेमदेखि विवाहसम्मकाे प्रसंग उठाइएकाे छ।
श्यामश्वैत रसाइलीले मिक्सिङ तथा मास्टरिङ गरेको गीतमा विष्णु तामाङको संगीत संयोजन छ। मिलन श्रेष्ठले निर्देशन गरेको गीतको भिडियोमा गायकगायिका राजेश र सरूसहित शिव नारायण जोशी, पशुपति दाहाल, सविता ढुंगाना, रिया पन्त, केशव भण्डारीलगायत कलाकारको अभिनय छ।
प्रिज्मा स्टुडियोमा रेकर्ड गरिएको गीतको भिडियो राजेश ढकाल युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो।
यस्ताे छ गीत