शिक्षा विधेयक पारित नगर्नु दुःखद् र लज्जास्पद : माओवादी केन्द्र

हिमाल प्रेस १८ असार २०८२ १५:३४
618
SHARES
शिक्षा विधेयक पारित नगर्नु दुःखद् र लज्जास्पद : माओवादी केन्द्र

काठमाडौँ- नेकपा माओवादी केन्द्रले विद्यालय शिक्षा विधेयक अझै संसद्बाट पारित नहुनु दुःखद् र लज्जास्पद भएको बताएको छ। बुधबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा  बोल्दै पार्टीका उपाध्यक्ष तथा प्रवक्ता अग्नि सापकोटाले शिक्षा विधेयकको ढिलाइले सरकारको प्रतिबद्धतामाथि प्रश्न उठाएको बताए।

‘नेपाल शिक्षक महासंघसँग संसद्बाट असार १५ भित्र विद्यालय शिक्षा विधेयक पारित गर्ने सहमति थियो तर त्यो अझै कार्यान्वयनमा आउन सकेको छैन। यो सरकारको गैरगम्भीरता र असंवेदनशीलताको स्पष्ट प्रमाण हो,’ सापकोटाले भने।

उनले शिक्षकहरूलाई पुनः आन्दोलनमा फर्कन बाध्य पार्ने परिस्थितिको सिर्जना नगर्न सरकारलाई आग्रह गरे। ‘शिक्षा विधेयक यथाशीघ्र पारित गरेर शिक्षक समुदायको आत्मविश्वास जोगाउनु आजको आवश्यकता हो,’ उनले  भने।

शिक्षा विधेयकसँगै सापकोटाले संघीय निजामती सेवा विधेयकमा भएको हेरफेरमाथि पनि गम्भीर आपत्ति जनाए। प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिमा सहमति भएको ‘कुलिङ पिरियड’ सम्बन्धी प्रावधान संसद्मा फरक तरिकाले पारित हुनुले संसदीय इमान र संविधानकै मर्ममाथि प्रहार भएको उनको भनाइ थियो।

‘विधेयक कसरी परिमार्जन गरेर संसद्मा पुर्‍याइयो? यो घटना संसदीय मूल्य, मर्यादा र संविधानको आत्मामाथि प्रहार हो,’ सापकोटाले भने। उनले यो जालसाँजी सुनियोजित भएको दाबी गर्दै यसमा संलग्नहरूमाथि कडा छानबिन र कारबाहीको माग गरे।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast