छुरा प्रहार गरी ज्वाइँले गरे ससुराको हत्या

हिमाल प्रेस १८ असार २०८२ १४:१०
12
SHARES
छुरा प्रहार गरी ज्वाइँले गरे ससुराको हत्या

धनुषा- ज्वाइँले छुरा प्रहार गरी ससुराको हत्या गरेका छन्। जनकपुरधाम उपमहानगरपालिका–१५ कुवारामपुर बस्ने ६५ वर्षीय वासुदेवप्रसाद विमलको हत्या भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

विमललाई उनकै ज्वाइँ जनकपुरधाम–२१ कुर्थाका ४८ वर्षीय बेचन महासेठले आज बिहान १० बजे घरमै छुरा प्रहार गरेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय प्रवक्ता प्रहरी नायव उपरीक्षक वरुणबहादुर सिंहका अनुसार जग्गासम्बन्धी घरायसी विवादका कारण बेचनले ससुरालाई घरमै छुरा प्रहार गरेका हुन्। ज्वाँइले पेटमा चक्कु प्रहार गरेपछि वासुदेव गम्भीर घाइते भएका थिए।

वृद्धलाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर लगिएको भए पनि चिकित्सकले मृत घोषणा गरेका थिए।

घटनापश्चात चक्कु प्रहार गर्ने ज्वाइँ बेचन फरार छन्। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

प्रकाशित: १८ असार २०८२ १४:१०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten − six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast