केन्द्रले गर्‍यो शिक्षकलाई यस्तो आग्रह

हिमाल प्रेस १८ असार २०८२ १२:३२
732
SHARES
केन्द्रले गर्‍यो शिक्षकलाई यस्तो आग्रह

भक्तपुर- शिक्षकको पेसागत विकासलाई थप व्यवस्थित र प्रभावकारी बनाउन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गतको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले ‘Teacher Mentoring App’ परीक्षणका लागि सार्वजनिक गरेको छ।

केन्द्रका अनुसार शिक्षक मेन्टरिङ कार्यक्रमको प्रभावकारिता बढाउने उद्देश्यले उक्त एप्लिकेसनलाई वेबपेजमा राखिएको छ। यस एप्सलाई सम्बन्धित सबै शिक्षा तालिम केन्द्र, स्थानीय तह र सामुदायिक विद्यालयहरूलाई डाउनलोड गरी प्रयोग गर्न केन्द्रले आग्रह गरेको छ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रका प्राविधिक अधिकृत सरोज कुमार मण्डलले हस्ताक्षर गरेको सूचनामा भनिएको छ, ‘शिक्षक मेन्टरिङ कार्यक्रम कार्यान्वयनमा रहेको सन्दर्भमा उक्त एप्लिकेसन परीक्षणका लागि केन्द्रको वेबसाइटमा राखिएको छ।’

एप्सको उपयोग पछि प्राप्त हुने सुझाव र प्रतिक्रिया केन्द्रको आधिकारिक इमेल [email protected] मा पठाउन समेत अनुरोध गरिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen + 9 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast