कुलिङ पिरियड : एमाले सांसद पदम गिरीले मागे सभापति खतिवडा र सचिवको राजीनामा

हिमाल प्रेस १८ असार २०८२ १२:०६
30
SHARES
कुलिङ पिरियड : एमाले सांसद पदम गिरीले मागे सभापति खतिवडा र सचिवको राजीनामा

काठमाडौँ- निजामती सेवा विधेयकमा गरिएको ‘कुलिङ पिरियड’ प्रावधानको हेरफेरलाई लिएर चौतर्फी आलोचना चुलिंदै जाँदा आकस्मिक रूपमा बसेको संसद्को राज्य व्यवस्था समिति बैठकमा समिति सभापति रामहरि खतिवडा र संसद सचिवालयका सचिव सुरजकुमार दुराको राजीनामा माग गरिएको छ।

बैठकमा नेकपा एमालेका सांसद तथा पूर्वकानूनमन्त्री पदम गिरीले समितिबाट निर्णय भएको भन्दा फरक ढंगले प्रतिवेदन अघि बढाइएको आरोप लगाउँदै समिति सभापति खतिवडा र सचिव दुराको राजीनामा माग गरेका हुन्।

‘सभापति र सचिवको हस्ताक्षरमा प्रतिवेदन हेरफेर हुनु नेपालकै संसदीय इतिहासमा कलंकपूर्ण र घिनलाग्दो घटना हो,’ गिरीले बैठकमा आक्रोश पोख्दै भने,‘जनप्रतिनिधि भएर यस्तो हर्कत सम्भव छ भन्ने कल्पना गर्नै सकिँदैन।’

गिरीका अनुसार समितिले महिनौं लामो छलफलपछि सर्वसम्मत निर्णय गर्दै कुलिङ पिरियड दुई वर्ष कायम गर्ने सिफारिस गरेको थियो तर संसद्मा पेस गरिएको प्रतिवेदन त्यो निर्णयभन्दा फरक देखिएको छ।

‘सभापतिबाट गैरजिम्मेवार जवाफ आएको छ। सचिवले पनि पदमा बसिरहनु नैतिकताविपरित हो। यस्तो विकृति दोहोरिन नदिन तत्काल राजीनामा दिएर मार्गप्रशस्त गर्नुपर्नेछ। यो संसदीय चरित्रको अधोपतन हो। कसैले जिम्मेवारी नलिने हो भने संसदप्रति जनविश्वास नै समाप्त हुन्छ,’ उनले भने।

प्रकाशित: १८ असार २०८२ १२:०६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 + five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast