स्रोत नखुलेको २८ लाख २८ हजारसहित तीन पक्राउ

हिमाल प्रेस १८ असार २०८२ १०:५०
24
SHARES
स्रोत नखुलेको २८ लाख २८ हजारसहित तीन पक्राउ फाएल तस्बिर।

पर्सा- स्रोत नखुलेको २८ लाख २८ हजार हुण्डीको रकमसहित नेपाल प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।

पर्सा प्रहरीका प्रवक्ता किशोर लम्सालका अनुसार हुण्डी कारोबारमा संलग्न रहेको आशंकामा पकाहामैनपुर गाउँपालिका-२ का अनिल वर्णवालाई नौ लाख ४७ हजारसहित र वीरगन्ज महानगर आर्दशनगरबाट र वडा नं ३ का विनितकुमार श्रीवास्तवलाई १५ लाख ८१ हजारसहित पक्राउ गरिएको हो।

त्यसैगरी, बाराको परवानीपुर गाउँपालिका–४ का स्थायी बासिन्दा दीपककुमार सोनारलाई तीन लाखसहित पक्राउ गरिएको हो।

अभियुक्तहरूलाई मुलुकी अपराध संहिता, २०७४ को दफा १२५ को (क) बमोजिम (हुण्डीसम्बन्धी कारोबार गर्न नहुने) कसुरमा जिल्ला अदालतबाट पाँच दिनको म्याद लिई अनुसन्धान भइरहेको छ।

प्रकाशित: १८ असार २०८२ १०:५०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast