मेषको प्रेमसम्बन्ध गाँसिने, वृषलाई फाइदैफाइदा, अरूको कस्तो छ?

हिमाल प्रेस १८ असार २०८२ ५:४५
32
SHARES
मेषको प्रेमसम्बन्ध गाँसिने, वृषलाई फाइदैफाइदा, अरूको कस्तो छ?

आज २०८२ साल असार महिनाको १८ गते बुधबार तदनुसार २ जुलाई सन् २०२५। आषाढ शुक्लपक्ष सप्तमी तिथि, नेपाल संवत् ११४५ दिल्लाथ्व, यस्तो छ तपाईँको राशिफल :

मेष : प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ। साथीभाइको सहयोग मिल्नेछ। आयआर्जन पनि राम्रै हुनेछ।

वृष : आफ्नो अधिकारका लागि लड्नुपर्नेछ। काम र व्यापार व्यवसायबाट फाइदा उठाउन सकिनेछ। शत्रुहरू पराजित हुनेछन्।

मिथुन : काम गर्ने जोश, जाँगर र आत्मबल बढ्नेछ। सुखद समाचार सुन्न पाइनेछ। स्वास्थ्य सबल रहनेछ र काममा पनि फाइदाको योग छ।

कर्कट : सन्तानले प्रसन्नता दिलाउनेछन्। परिवारजनको सहयोगले फाइदा लिन सकिनेछ। मान्यजनको सहयोगमा काममा सफलता मिल्नेछ।

सिंह : परिवारको सहयोगले महत्त्वपूर्ण कामको थालनी हुनेछ। व्यापार व्यवसायबाट पनि फाइदा हुनेछ। साथीभाइसँग रमाइलोमा समय बित्नेछ।

कन्या : दाम्पत्य जीवनमा खुसीयाली छाउनेछ। पारिवारिक सम्बन्धमा सुधार आउनेछ। काममा सफलता मिल्नेछ। आफ्नै प्रयासले गरेका काममा भने लाभ मिल्नेछ।

तुला : सामाजिक मानसम्मान पाइने समय छ। रमाइलो यात्राको मौका रहेको छ। अप्ठ्यारा परिस्थितिको सामना गर्नुपर्ला। काममा केही चुनौतीहरू देखिनेछन्।

वृश्चिक : आँटेको काममा सफलता मिल्नेछ। आम्दानीका स्रोत फेला पर्नेछन्। साथीभाइसँगको सम्बन्धमा सुधार आउनेछ।

धनु : व्यापार व्यवसायबाट राम्रो लाभ मिल्ने योग छ। पढाइलेखाइमा प्रगति हुनेछ। बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ। प्रतिष्ठित काम सफल गर्ने मौका छ।

मकर : पारिवारिक सम्बन्धमा सुधार आउनेछ भने मन खुसी रहनेछ। मान्यजनको सुझावले नयाँ काममा हात लाग्नेछ। महत्त्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्दा फाइदा हुनेछ।

कुम्भ : धेरैले सहयोग गर्ने तत्परता देखाउनेछन्। मनग्य धन कमाउने अवसर मिल्नेछ। पुरानो समस्याले पनि झमेला आइलाग्ने योग छ।

मीन : पारिवारिक जमघटमा मन रमाउनेछ। विशिष्ट व्यक्तित्वसँग भेटघाट हुनेछ। स्वादिष्ट भोजनको आनन्द मिल्नेछ। प्रतिष्ठित काम गर्ने मौका छ।

प्रकाशित: १८ असार २०८२ ५:४५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast