स्व. दुर्गाबावु पाठक स्मृति संगीत पुरस्कार प्रज्वल पौडेललाई

हिमाल प्रेस १७ असार २०८२ १८:०८
10
SHARES
स्व. दुर्गाबावु पाठक स्मृति संगीत पुरस्कार प्रज्वल पौडेललाई

काठमाडौँ- यसवर्षको ‘दुर्गाबावु पाठक स्मृति संगीत पुरस्कार’ सप्तरीको नेपाल एपीएफ ठाकोदेवी जोगेन्द्र भगत स्कुलमा अध्यनरत कक्षा ८ का छात्र प्रज्वल पौडेललाई प्रदान गरिएको छ।

सशस्त्र प्रहरी परिवार महिला संघको २४औं वार्षिकोत्सवको अवसरमा मंगलबार सशस्त्र प्रहरी नायव उपरीक्षक एवं सह प्रवक्ता शैलेन्द्र थापाले पौडेललाई पुरस्कार प्रदान गरेका हुन्।

प्रज्वल पौडेल संगीत विधातर्फ बाध्यवादन र गायनमा उत्कृष्ट ठहरिएका छन्।

यसअघिका वर्षमा सो पुरस्कार नेपाल एपीएफ स्कुल कीर्तिपुरका छात्र रायन घिमिरे, आशिष रोकाया, साइजित पाण्डे, अनिष थापा मगर र अर्जुन झालाई प्रदान गरिएको थियो।

सशस्त्र प्रहरी निरीक्षक स्व. दुर्गाबावु पाठकको स्मृतिमा स्थापित उक्त पुरस्कार सशस्त्र प्रहरी परिवार महिला संघको वार्षिकोत्सवमा प्रदान गर्दै आएको छ।

संघले हरेक वर्ष स्व.पाठकको अक्षयकोषमा जम्मा भएको रकमको ब्याजबाट नेपाल एपीएफ स्कुलमा अध्ययनरत संगीततर्फ प्रथम हुने छात्र तथा छात्रालाई प्रदान गरिदै आएको छ।

२०६४ सालमा खुल्ला प्रतिस्पर्धाबाट सशस्त्र प्रहरी निरीक्षकमा सेवा प्रवेश गरेका स्व.पाठकले ‘पंक्षी र निन्द्रा लाग्दैन’ गरी दुईवटा एल्बम बजारमा ल्याएका थिए।

गीत संगीतमा रुचि राख्ने पाठक २०६०/२०६१ सालमा चितवनमा सम्पन्न सिनर्जी राईजिङ स्टारको उत्कृष्ट १० भित्र पर्न सफल भएका थिए भने आठौं कालिका म्यूजिक अवार्डमा वेष्ट आर्टिस्टको उपाधिसमेत हात पारेका थिए। गीत लेख्ने, संगीत भर्ने र आफैँ गाउनेसमेत क्षमता भएका स्व.पाठकको प्रतिभालाई अमर राख्न उक्त अक्षयकोष स्थापना गरिएको हो।

कर्तव्य पालनाको सिलसिलामा २०७२ साल चैत २८ मा धादिङस्थित मलेखुमासडक दुर्घटनामा उनको निधन भएको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight − eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast