
काठमाडौँ- गायिका एलिना चौहानले गृहमन्त्री रमेश लेखकलाई भेटेकी छन्। हिजो सोमबार साइबर ब्यूरोमा उजुरी दिएपछि आज उनले गृहमन्त्री भेटेको जानकारी दिएकी छन्।
उनले आफ्नो अस्तित्वको सुरक्षा गर्ने अधिकारले गृहमन्त्रीसमक्ष पुगेको खुलाएकी छन्। यस विषयमा आवश्यक सहयोग गरेको भन्दै उनले गृहमन्त्री लेखकलाई धन्यवादसमेत दिएकी छन्।
गृहमन्त्री लेखकसँगको फोटो सेयर गर्दै उनले लेखेकी छन्, ‘म यहाँसम्म तपाईंहरूको माया र साथले आइपुगेकी हुँ। तपाईंहरूको समर्थन नै मेरो आत्मबल हो। तर सबैले सधैं राम्रै सोचून् भन्ने अपेक्षा गर्न सकिन्न, त्यो स्वाभाविक हो। तर जब कुराहरू व्यक्तिगत जीवनमा आच पुर्याउने तहमा पुग्छन्, गालीगलौज र चरित्र हत्या जस्ता कार्यहरू भइरहन्छन्, त्यो सह्य हुँदैन।
जसले यस्ता कुरा गरिरहेका छन्, ती मेरो फ्यान होइनन् ।ती त मेरो मन दुखाउन चाहने मात्र हुन्। त्यसैले आत्म-सम्मानको रक्षा गर्न बाध्य भई मैले कानुनी प्रक्रिया अघि बढाएकी छु। यो कुनै रिस वा घृणाले होइन, आफ्नो अस्तित्वको सुरक्षा गर्ने अधिकारले उठाइएको कदम हो।’
सामाजिक सञ्जालमा चरित्र हत्या गर्ने ४ जना विरुद्ध एलिनाले सोमबार साइबर ब्यूरोमा उजुरीसमेत दिएकी छन्। साथै उनको आधिकारिक पेजबाट ती खराब प्रतिक्रिया दिनेहरूलाई सार्वजनिक पनि गरिरहेकी छन्।
साइबर ब्यूरो पुगिन् गायिका एलिना, दिइन् चार जनाविरूद्ध उजुरी