‘८२ सालको गाईजात्रा’ ल्याउँदै मनोज गजुरेल टिम, साउन २३ देखि सुरू

हिमाल प्रेस १ साउन २०८२ १५:२२ | Thursday, July 17, 2025
‘८२ सालको गाईजात्रा’ ल्याउँदै मनोज गजुरेल टिम, साउन २३ देखि सुरू

काठमाडौँ- केही वर्षयता विभिन्न हास्यव्यंग्य कलाकार मिलेर गाइजात्रा विशेष कार्यक्रम गर्दै आइरहेका छन्। यसवर्ष गाईजात्रा साउन २५ मा परेको छ। पर्व नजिकिँदै गर्दा कलाकारहरू कार्यक्रमको तयारीमा लागेका छन्।

गतवर्ष ८१ को गाइजात्रा ल्याएका हास्य कलाकार मनोज गजुरेल र व्यंग्य कवि शैलेन्द्र सिम्खडाको समूहले यसवर्ष पनि गाईजात्रा कार्यक्रम गर्ने भएको छ।

कार्यक्रमको नाम ‘८२ सालको गाइजात्रा’ राखिएको छ। कलाकार गजुरेलले सामाजिक सञ्जालमा प्रस्तुति दिनेहरूको फोटोसहितको एक पोस्टर सार्वजनिक गरेका छन्।

जसमा उनीसहित शैलेन्द्र सिम्खडा, सुबोध गौतम, सुमन कार्की, पशुपति शर्मा, नवराज पराजुली, चक्र दवाडी, सीता न्यौपाने, प्रभात लामा, मेक्सम गौडेल, प्रकृति गिरी, श्रेया सुवेदी, आशिष खनाल, सन्देश सुवेदी, कल्पना खतिवडालगायत कलाकार छन्।

कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको हलमा कार्यक्रम यही साउन २३ देखि साउन २७ सम्म सञ्चालन हुनेछ।

प्रकाशित: १ साउन २०८२ १५:२२ | Thursday, July 17, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast