३४.४६ अंकले बढ्यो सेयर

हिमाल प्रेस ३१ असार २०८२ १६:०४ | Tuesday, July 15, 2025
३४.४६ अंकले बढ्यो सेयर सेयर बजार

काठमाडौँ- सेयर बजार मंगलबार दोहोरो अंकले बढेको छ। सोमबार ३५ अंकले घटेको नेप्से परिसूचक मंगलबार ३४.४६ अंकले बढेर २७६०.१७ विन्दुमा पुगेको हो। कारोबारमा आएका सबै सूचकले नेप्से बढाएका हुन्। बैंकिङ सूचक सर्वाधिक १.८१ प्रतिशतले उकालो लागेको छ।

२०९ कम्पनीका लगानीकर्ताले कमाएका छन्। सुपरमादी हाइड्रोपावरको सेयर मूल्य सर्वाधिक ८.०८ प्रतिशतले बढेको छ। यसैगरी भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको सेयर मूल्य सर्वाधिक ४.६४ प्रतिशतले ओरालो लागेको छ। मंगलबार नौ अर्ब ४१ करोड ९१ लाख रुपैयाँको सेयर कारोबार भएको नेप्सेले जनाएको छ।

प्रकाशित: ३१ असार २०८२ १६:०४ | Tuesday, July 15, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast