३१.५० अंकले घट्यो नेप्से परिसूचक

हिमाल प्रेस १५ साउन २०८२ १६:३८ | Thursday, July 31, 2025
३१.५० अंकले घट्यो नेप्से परिसूचक

काठमाडौँ– नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक बिहीबार ३१.५० अंकले घट्दै २,९२२.६३ विन्दुमा झरेको छ। परिसूचक हरियो रङमै खुले पनि अन्ततः १.०६ प्रतिशतले घटेर बन्द भएको हो। बिहीबार १९८ वटा कम्पनीका सेयर मूल्य घटेको छ भने ५२ वटाको बढेको छ। यसले बजारमा सेयर बिक्रीको चाप रहेको संकेत गर्छ।

कुल कारोबार रकम अघिल्लो दिनको तुलनामा घट्दै १५ अर्ब ९८ करोड रुपैयाँमा सीमित रह्यो। कुल एक लाख ६८ हजार ५९४ वटा कारोबारबाट तीन करोड ६८ लाख ७० हजार कित्ता सेयर किनबेच भए।

हिमालयन रिइन्स्योरेन्स लिमिटेड एक अर्ब ३३ करोड रुपैयाँको कारोबारसहित अग्रस्थानमा रह्यो। नेपाल रिइन्स्योरेन्स कम्पनी लिमिटेडले ७५ करोड ३५ लाख रुपैयाँ र हिमालयन डिस्टिलरी लिमिटेडले ६९ करोड ९० लाख रुपैयाँको कारोबार गर्दै दोस्रो र तेस्रो स्थान ओगटेका छन्।

वित्त समूहको उपसूचक १.१८ प्रतिशतले वृद्धि भएको छ। बाँकी सबै समूहहरू ओरालो लागे। सबैभन्दा बढी २.४४ प्रतिशतले व्यापार उपसमूह घट्यो। बैंकिङ र लगानी उपसमूहहरू क्रमशः १.४४ र १.३२ प्रतिशतले घटेका छन्। बजार विश्लेषकहरूले लगानीकर्ताले मुनाफा सुरक्षित गर्न थालेका कारण बजार ओरालो लागेको बताएका छन्।

प्रकाशित: १५ साउन २०८२ १६:३८ | Thursday, July 31, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three + 12 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast