३० वर्षभित्र तीन सन्तान पाइसक्न प्रधानमन्त्री ओलीको सुझाव

हिमाल प्रेस २७ असार २०८२ १३:०१ | Friday, July 11, 2025
३० वर्षभित्र तीन सन्तान पाइसक्न प्रधानमन्त्री ओलीको सुझाव

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले जीवनको उपयुक्त समयमा विवाह गरी सन्तान पाइसक्नुपर्नेमा जोड दिएका छन्। विश्व जनसंख्या दिवसका अवसरमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले ३० वर्षको उमेरभित्र तीन सन्तान पाइसक्न सुझाव दिएका हुन्।

‘२० वर्षपछि मात्र विवाह गर्न पाउने कानुनी व्यवस्था अनुसार समयमै विवाह गर्नुपर्छ,’ प्रधानमन्त्री ओलीले भने, ‘तर त्यसपछि ३० वर्षभित्र तीन सन्तान पाइसकेर, ४० कटेपछि रमाउने भन्ने सोच हुनुपर्छ। रमाइलो गीतका भरमा जीवनयोजना बनाउनु हुन्न।’

उनले जनसंख्या वृद्धि र मानव अस्तित्वबीचको सम्बन्ध गम्भीर विषय भएको भन्दै सन्तान जन्माउने विषयमा अत्यधिक निरुत्साहजनक प्रचारले उल्टो असर पारेको बताए। ‘डाँडाकाँडा ढाकून् भनेर जन्माउनुपर्छ भन्ने होइन,’ उनले भने, ‘तर सन्तान नै नजन्माउने सोच हावी भए विश्वकै जनसंख्या वृद्धिदर ऋणात्मक हुने खतरा देखिन्छ।’

प्रधानमन्त्री ओलीले मानव जातिको दीर्घकालीन अस्तित्व सुनिश्चित गर्न सन्तुलित जनसंख्या नीति आवश्यक भएको उल्लेख गर्दै सन्तानवृत्तिलाई धर्तीका लागि उत्तरदायित्वका रूपमा लिनुपर्नेमा जोड दिए।

प्रकाशित: २७ असार २०८२ १३:०१ | Friday, July 11, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 − 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast