२६ जिल्लामा आज बाढीको जोखिम, यी नदीमा रहनेछ बहाव

हिमाल प्रेस २६ असार २०८२ ९:३८ | Thursday, July 10, 2025
२६ जिल्लामा आज बाढीको जोखिम, यी नदीमा रहनेछ बहाव

काठमाडौँ- जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले बाढीबारे सतर्कता सूचना जारी गरेको छ।

महाशाखाले जारी गरेको बुलेटिनअनुसार आज बिहान बाढी मापन गर्दा कोशी नारायणी, कर्णाली, महाकाली, कमला, बागमती, पूर्वी राप्ती, पश्चिम राप्ती, बबई र कन्काई नदीको बहाब सतर्कता तहभन्दा तलै छ।

जिल्लाका हिसाबले आज डोटी, डडेल्धुरा, कञ्चनपुर, कैलाली र आसपासका जिल्ला भई बहने ससाना नदीको बहाब उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिमको सम्भावना उच्च छ।

दोलखा, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, धादिङ, काभ्रेपलाञ्चोक, मकवानपुर, काठमाडौँ, ललितपुर, भक्तपुर, कास्की, लमजुङ, जुम्ला, कालिकोट, सल्यान, रोल्पा, अछाम, सुर्खेत, बर्दिया, दैलेख, दार्चुला, बैतडी र आसपासका जिल्ला भई बहने ससाना नदीको बहाब पनि आज उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिम देखिएको बाढी महाशाखाले जनाएको छ।

उल्लखित २६ जिल्लालाई पहेँलो रङ अर्थात एल्लो अलर्टमा राख्दै महाशाखाले ती जिल्लाका खोलारनदीले भेट्ने स्थानमा सतर्कता अपनाउन सुझाव दिएको छ।

प्रकाशित: २६ असार २०८२ ९:३८ | Thursday, July 10, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 + 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast