 नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठ। फाइल तस्बिर
                             नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठ। फाइल तस्बिर
                                            काठमाडौँ- नागरिक उन्मुक्ति पार्टी (नाउपा) का केन्द्रीय सदस्यहरूले केन्द्रीय समितिको बैठक बोलाउन अध्यक्ष रञ्जिता श्रेष्ठलाई २४ घन्टाको अल्टिमेटम दिएका छन्। शुक्रबार मध्यबानेश्वरमा बसेको नाउपाका केन्द्रीय सदस्यहरूको भेलाले २४ घन्टाभित्र केन्द्रीय समिति बैठक बोलाउन अध्यक्ष श्रेष्ठलाई अल्टिमेटम दिएको हो।
२४ घन्टाभित्र आधिकारिक रूपमा बैठक नबोलाई साउन ११ गते दिउँसो केन्द्रीय समिति बैठक बस्ने र आवश्यक निर्णय गर्ने बैठकले चेतावनीसमेत दिएको छ।
बैठक बोलाउन अध्यक्ष श्रेष्ठलाई पटक–पटक मौखिक आग्रह गरे पनि हालसम्म उनले चासो नदेखाएको केन्द्रीय सदस्यहरूको आरोप छ। श्रेष्ठले चासो नदिएपछि बैठक बोलाउन केन्द्रीय सदस्यहरूले दबाब दिएका हुन्। लामो समयदेखि बैठक नबसेपछि पार्टीलाई गतिशील बनाउन गम्भीर असर परेको उनीहरूको भनाइ छ।
केन्द्रीय कमिटी बैठक बोलाउन माग गरिएको जानकारी विद्युतीय सञ्चारमाध्यममार्फत अध्यक्ष श्रेष्ठसहित पार्टी शुभेच्छुक, सदस्य र सर्वसाधारणसमेतमा पु¥याउने निर्णय केन्द्रीय सदस्यहरूको बैठकले गरेको छ।

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 