‘होस्टेल ३’ निर्माण टिमले थ्रिलर कथामा ‘होस्टेल अगेन’ बनाउने

हिमाल प्रेस ५ साउन २०८२ १६:२६ | Monday, July 21, 2025
‘होस्टेल ३’ निर्माण टिमले थ्रिलर कथामा ‘होस्टेल अगेन’ बनाउने

काठमाडौँ-  फिल्म ‘होस्टेल ३’ को सफलतापछि सोही टिमले अब ‘होस्टेल अगेन’ बनाउने भएको छ। सामाजिक सञ्जालमार्फत एक  थिम पोस्टर सार्वजनिक गर्दै फिल्मको घोषणा गरिएको हो।

पोस्टरमा रगत लतपतिएको चक्कुले गुलाबको फूललाई थिचेको देखिन्छ। चक्कु र गुलाबको संयोजनले प्रेम र द्वन्द्वको मिश्रणलाई व्यक्त गर्न खाेजेको छ।

यसले ‘होस्टेल’ का अघिल्लो सिरिजको टीनएज ड्रामाहरूभन्दा फरक, थ्रिलर वा सस्पेन्स कथा प्रस्तुत गर्ने अनुमान गर्न सकिन्छ। फिल्मको पोस्टर ट्राइडेन्ट कन्सेप्टका रोयल भीमसेनले बनाएका हुन्। फिल्म केही समयपछि छायांकन गर्ने टिमको तयारी छ।

फिल्ममा ‘होस्टेल ३’ का निर्देशक सशान कँडेल, लेखक माधव शर्मा, निर्माण कम्पनीहरू सम्मान इन्टरटेन्मेन्ट र आरोन कन फिल्म्स एवम् कार्यकारी निर्माता शङ्कर कोइराला दोहोरिएका छन्।

तेस्रो सिरिजबाट पारस बम (कुलब्वाय), सिम्रन पन्त, आशिष घिमिरे, पदम तामाङ, हेना नगरकोटी, रिहान गिरी, समा पराजुली, सन्तोष बानियाँ, उमर खान लगायतका कलाकार जन्मिएका छन्। उनीहरूलाई केही फिल्म मेकर र दर्शकहरूले रूचाएका पनि छन्।

नेपाली फिल्ममा नयाँ प्रतिभालाई अवसर दिने र बक्स अफिसमा सफल हुने क्रममा होस्टेल ३’ पनि सफल रह्यो। आगामी दिनमा ‘होस्टेल अगेन’ ले पनि नयाँलाई जन्माउने अपेक्षा गरिएको छ।

नेपाली फिल्म क्षेत्रमा नयाँ कलाकारहरूलाई स्थापित गर्दै आएको सफल फिल्म शृङ्खला हाे ‘होस्टेल’। हेमराज बिसीको निर्देशनमा ‘होस्टेल’ को पहिलो भाग २०७० सालमा प्रदर्शन भएको थियो। सुरज भुसाल निर्देशित ‘होस्टेल रिटर्न्स’ २०७२ साल र  ‘होस्टेल ३’ गत वर्ष अर्थात् २०८१ फागुनमा प्रदर्शन भएको थियो।

प्रकाशित: ५ साउन २०८२ १६:२६ | Monday, July 21, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast