 
                             
                                            काठमाडौँ- मोडल कविता नेपाली अब रियालिटी सो ‘हिमालय रोडिज’ को ‘ग्याङ लिडर’ मा देखिने भएकी छन्। रोडिज टिमले सामाजिक सञ्जालमार्फत उनको एक पोस्टर सार्वजनिक गरेको छ।
हिमालय रोडिजको सातौं सिजनमा उनी नयाँ ‘ग्याङ लिडर’ अर्थात् निर्णायकको भूमिकामा जोडिएकी हुन्।
केही समयअघि सगरमाथा र ल्होत्से हिमालको सफल आरोहणपछि उनको थप चर्चा भएको थियो। उनको डेब्यु अभिनीत फिल्म ‘एक्लो’ पनि प्रदर्शनको तयारीमा छ।
 कविता भित्रिएसँगै ६ सिजनसम्म निर्णायक रहेकी दीया मास्के बाहिरिएकी छन्। अन्य निर्णायकमा अनुपविक्रम शाही, आशिष राना ‘लाहुरे’, प्रियंका कार्की र रेमनदास श्रेष्ठ छन्। सो रेमनले नै सञ्चालन गर्नेछन्।
कविता भित्रिएसँगै ६ सिजनसम्म निर्णायक रहेकी दीया मास्के बाहिरिएकी छन्। अन्य निर्णायकमा अनुपविक्रम शाही, आशिष राना ‘लाहुरे’, प्रियंका कार्की र रेमनदास श्रेष्ठ छन्। सो रेमनले नै सञ्चालन गर्नेछन्।
हिमालय रोडिजको यतिबेला विभिन्न स्थानमा अडिसन चलिरहेको छ। काठमाडौँको अडिसन सकिसकेको टिमले जनाएको छ। योसँगै अब धरान, हेटौंडा, बुटवल र पोखराको अडिसन हुनेछ। सो को प्रसारण मिति तोकिएको छैन।

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 