हलमा लाग्यो मित्र प्रधान निर्देशित फिल्म ‘यो मन त मेरो नेपाली हो’

हिमाल प्रेस २७ असार २०८२ १०:५९ | Friday, July 11, 2025
हलमा लाग्यो मित्र प्रधान निर्देशित फिल्म ‘यो मन त मेरो नेपाली हो’

काठमाडौँ- शुक्रबार अर्थात् आज बिहानदेखि हलमा फिल्म ‘यो मन त मेरो नेपाली हो’ प्रदर्शन भइरहेको छ। फिल्म्को कथा देशभक्तिमा आधारित छ। समाजमा बढ्दो अंग्रेजी र हिन्दीको प्रभावमा फिल्मले पुस्तौंपुस्तासम्म नेपाली भाषा, कला, संस्कृति बचाइराख्नुपर्ने सन्देश दिएको छ। फिल्मको कथा शिवम् अधिकारीले लेखेका हुन्।

मित्र प्रधान (नर) ले निर्देशन गरेको फिल्ममा विजय बराल, रोशन श्रेष्ठ, विल्सन विक्रम राई, बुद्धि तामाङ, आयुषा समाल, नारायण खाती, भुपेन्द्र लिङ्देन, सुवास भण्डारी, विजय सुब्बा, विजिता परियार लगायत कलाकारकोअभिनय छ।

नेपालको झापा र इलाम, भारतको सिक्किम, दार्जिलिङ, पश्चिम बङ्गाल राज्यको जयगाउँ र अमेरिकामा छायांकन गरिएको छ।

सौरभ लामाको छायांकन रहेको फिल्म देव महर्जन द्वन्द्व निर्देशन, समीर मियाको भिएफएक्स, कविराज गहतराज र प्रमोद भण्डारीको कोरियोग्राफी तथा बनिष शाहको सम्पादनमा बनेको छ।

पद्यमा ईश्वर इन्टरटेन्मेन्टको प्रस्तुतिमा रहेको फिलमका निर्माता ज्ञान बहादुर प्रधान (रोशन) हुन्।

प्रकाशित: २७ असार २०८२ १०:५९ | Friday, July 11, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 − 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast