सुर्खेतमा नक्कली नोट र ३० किलो अफिमसहित पाँच जना पक्राउ

हिमाल प्रेस ३१ असार २०८२ १८:५९ | Tuesday, July 15, 2025
सुर्खेतमा नक्कली नोट र ३० किलो अफिमसहित पाँच जना पक्राउ

सुर्खेत- सुर्खेतमा १३ लाख रूपैयाँ बराबरको नक्कली नोट र ३० केजी अफिमसहित पाँच जनालाई प्रहरीले प्रकाउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सुर्खेतको प्रहरी टोलीले वीरेन्द्रनगर वडा नम्बर १० शान्तिटोलबाट १३ लाख नक्कली नोट र ३० किलोग्राम अफिम सहित पाँच जनालाई पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी प्रमुख सुधिरराज शाहीले नक्कली नोट र अफिमको कारोबार भइरहेको सूचना प्राप्त भएलगत्तै निरन्तर निगरानी र अनुसन्धानपछि प्रक्राउ गरेको बताए।

प्रहरी प्रमुख शाहीले भने, ‘मिडियाजस्तो सम्मानित क्षेत्रको आवरणमा यस्तो अवैध गतिविधि हुनु निकै गम्भीर विषय हो।’ ‎प्रहरीका अनुसार यो अपरेसनको सुरुवात सोमबार सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१०, शान्ति टोलबाट भएको थियो।

पक्राउ पर्नेमा जाजरकोट कुशे गाउँपालिका–५ बस्ने २२ वर्षीया दिलमाया सिंह ठकुरी, सोही वडाको खुर्पा बस्ने अन्दाजी ३३ वर्षीय रामबाहदुर सिंह, कुशे गाउँपालिका–७ समकोट गमौडी घर भइ हाल सुर्खेत भेरीगंगा नगरपालिका–१२ ठकुरीटोल स्थिमा डेरा गरी बस्ने ३५ वर्षीय कृष्णबहादुर वली र ३८ वर्षीय प्रेमबहादुर बि.क रहेका छन्।

यस्तै अर्का पक्राउ पर्नेमा कालीकोटको नरहरीनाथ गाउँपालिका घर भई बाँकेको कोहलपुर उपमहानगरपालिका–४ तथा नगरपालिका वडा नं ११. न्युरोडमा जनगर्जन नेटवर्क प्रालि नामक मिडिया सञ्चालन गरी बस्ने अन्दाजी ३४ वर्षीय मनबहादुर सहकारी रहेका छन्।

उनको कोठाबाट ५१ हजार नक्करी नोट र १९ केजी ३ सय ग्राम अफिम फेला परेको प्रहरी प्रमुख एसपी सुधिरराज शाहीले जनाएका छन्। सहकारीले कोहोलपुरमा बसेर जनगर्जन नेटवर्क प्रालि नामको मिडिया सञ्चालन गरी बसेको प्रहरीले जनाएको छ।

प्रकाशित: ३१ असार २०८२ १८:५९ | Tuesday, July 15, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 + 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast