‘सुम्निमा’ काे मुख्य भूमिकामा कुन्साङ बमजन र उपासना सिंह ठकुरी

हिमाल प्रेस ३० असार २०८२ ११:४१ | Monday, July 14, 2025
‘सुम्निमा’ काे मुख्य भूमिकामा कुन्साङ बमजन र उपासना सिंह ठकुरी

काठमाडौँ- निर्देशक मिलन चाम्सको फिल्म ‘सुम्निमा’ को मुख्य भूमिकामा कुन्साङ बमजन जोडिएका छन्। निर्माण टिमले उनको पोस्टर सार्वजनिक गरेको छ।

कुन्साङले निर्देशक मिलनको फिल्ममा काम गर्न पाउनु गर्वको कुरा रहेको बताए। यसअघि फिल्मको मुख्य भूमिकामा अत्रिनेत्री उपासना सिंह ठकुरी अनुबन्धित भइसकेकी छन्।

अन्य कलाकार र प्राविधिक टिम छनोटको क्रममा रहेको निर्देशक चाम्सले बताए। राजीव थापाको लेखन रहेको फिल्म लभ स्टोरी जनरामा बन्नेछ।

गोर्खा फिल्म्स र चाम्स इन्टरटेन्मेन्टको संयुक्त लगानीमा निर्माण हुनेछ। फिल्म आगामी अगस्टमा लन्डन र नेपालमा छायांकन हुनेछ।

प्रकाशित: ३० असार २०८२ ११:४१ | Monday, July 14, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine − 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast