सुनचाँदीको मूल्य बढ्यो, प्रतितोला कति?

हिमाल प्रेस १४ साउन २०८२ ११:४३ | Wednesday, July 30, 2025
सुनचाँदीको मूल्य बढ्यो, प्रतितोला कति?

काठमाडौँ- नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ। मंगलबार प्रतितोला ६ सय रुपैयाँ घटेको सुनको मूल्य आज प्रतितोला एक हजार चार सय रुपैयाँ बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ९४ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको छ।

मंगलबार छापावाल सुन प्रतितोला एक लाख ९३ हजार रुपैयाँमा कारोबार भएको थियो। यस्तै, बुधबार चाँदीको मूल्य पनि बढेको छ। मंगलबार चाँदी प्रतितोला दुई हजार तीन सय रुपैयाँमा कारोबार भएको चाँदी बुधबार प्रतितोला दुई हजार तीन सय १० किनबेच भइरहेको छ।

यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला प्रतितोला १० रुपैयाँ बढेको हो। आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस ३३ सय २८ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

प्रकाशित: १४ साउन २०८२ ११:४३ | Wednesday, July 30, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − fourteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast