सिरियामा हिंसा : ९ सयभन्दा बढीको ज्यान गयो

हिमाल प्रेस ४ साउन २०८२ ११:५३ | Sunday, July 20, 2025
सिरियामा हिंसा : ९ सयभन्दा बढीको ज्यान गयो दक्षिणी सिरियाको स्वेइदा सहरको छेउमा रहेको माज्रागाउँमा भएको झडपपछि उडिरहेको धुवाँ। तस्बिर : एपी/रासस

काठमाडौँ- सिरियाका कार्यवाहक राष्ट्रपति अहमद अल सराले ‘युद्धविराम’ घोषणा गरे पनि दक्षिण सिरियामा साम्प्रदायिक हिंसा जारी रहेको छ। अल्पसंख्यक द्रुज समुदाय र खानाबदोस समुदायबीच एक सातादेखि हिंसा चलिरहेको छ। दुवै पक्षले एकअर्कामाथि अत्याचार गरेको आरोप लगाएका छन्।

राष्ट्रपति अल सराले सरकारी सुरक्षा बल तैनाथ गरेका थिए तर उनीमाथि द्रुज समुदायमाथि भएका आक्रमणमा संलग्न भएको आरोप लागेको छ। हिंसामा नौ सयभन्दा बढीको ज्यान गएको बीबीसीले उल्लेख गरेको छ।

प्रकाशित: ४ साउन २०८२ ११:५३ | Sunday, July 20, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 + nineteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast