साम्बालाई कप्तान बनाउने मुख्य प्रशिक्षकलाई सोधियो स्पष्टीकरण

हिमाल प्रेस ३१ असार २०८२ ६:४७ | Tuesday, July 15, 2025
साम्बालाई कप्तान बनाउने मुख्य प्रशिक्षकलाई सोधियो स्पष्टीकरण प्याट्रिक डे वाइल्ड

काठमाडौँ- अखिल नेपाल फुटबल संघ (एन्फा)सँग टसल चलाएका नेपाली राष्ट्रिय महिला फुटबल टोलीका मुख्य प्रशिक्षक प्याट्रिक डि वाइल्डलाई स्पष्टीकरण सोधिएको छ।

यसअघि नेपालले उज्वेकिस्तानसँग खेलेको खेलको विवरण माग गर्दै प्याट्रिकलाई स्पष्टीकरण सोधेको थियो। जुन प्रतियोगितामा आफूसँग समन्वय नगरी प्याट्रिकले कप्तान साबित्रा भण्डारी ‘साम्बा’लाई लगाइदिएका थिए।

खेल सुरु हुनुभन्दा ९० मिनेट अघिसम्म कप्तान तय नभएपछि एन्फा म्यानेजर टिमले मिडफिल्डर रेनुका नगरकोटीलाई तोकेको थियो। तर, प्याट्रिकले एकाएक कप्तान साम्बालाई बनाएका थिए। यो घटनापछि एन्फा र प्याट्रिकको सम्बन्ध दरार बनेको छ।

आगामी खेल प्याट्रिकले खेलाउँछन् वा खेलाउँदैनन् तय हुन बाँकी छ। उनी उज्वेकिस्तानबाट सिधै बेल्जियम लागेका छन्। मुख्य प्रशिक्षक प्याट्रिकलाई स्पष्टीकरण सोधिएको एन्फा प्रवक्ता सुरेश शाहले पुष्टि गरे।

महिला टोलीका मुख्य प्रशिक्षक वाइल्डले उज्वेकिस्तानमा हुँदा नै घटनाको बारेमा तीन पेज लामो पत्र एन्फालाई पठाएका थिए।

उताबाट जवाफ आएपछि के गर्ने भनेर अगाडिको प्रक्रियाका बारेमा निर्णय लिने शाह बताउँछन्।

प्रकाशित: ३१ असार २०८२ ६:४७ | Tuesday, July 15, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast