साफ यू२० महिला च्याम्पियनसिप : श्रील‌कासँग दोस्रो पटक भिड्दै नेपाल

हिमाल प्रेस १ साउन २०८२ ७:५४ | Thursday, July 17, 2025
साफ यू२० महिला च्याम्पियनसिप : श्रील‌कासँग दोस्रो पटक भिड्दै नेपाल

काठमाडौँ- नेपालले आज साफ यू२० महिला च्याम्पियनसिपमा श्रीलंकासँग दोस्रो आमनेसामने हुँदैछ। यसअघि सानदार जित निकालेको नेपालले आज फेरि समूह चरणमै श्रीलंकासँग भेट हुँदैछ। जुन नेपालको आफ्नो चौथो खेल हो।

डबल राउन्ड रोबिन लिगमा भइरहेको प्रतियोगितामा नेपालले श्रीलंकासँग दोस्रोपटक खेल्न लागेको हो। यो श्रीलंकासँग लगातार खेल पनि हुनेछ ।

मंगलबार भएको खेलमा नेपाल ७-० ले विजयी भएको थियो । आजको खेल बसुन्धरा स्पोर्ट्स मैदानमा नेपाली समयअनुसार दिउँसो पौने ३ बजेदेखि सुरु हुनेछ ।

नेपालले आफ्नो पहिलो खेलमा शुक्रबार भुटानलाई ६-१ गोलअन्तरले हराएको थियो भने दोस्रो खेलमा बंगलादेशसँग ३-२ गोलअन्तरले पराजित भएको थियो ।

श्रीलंकाले पहिलो खेलमा बंगलादेशसँग ९-१ को फराकिलो हार बेहोरेको थियो । दोस्रो खेलमा भुटानसँग ५-० को हार बेहोरेको थियो । प्रतियोगितामा बंगलादेश ३ खेलमा ९ अंकसहित शीर्षस्थानमा छ भने ३ खेलमा ६ अंक भएको नेपाल दोस्रो र ३ अंक भएको भुटान तेस्रो स्थानमा छ।

चार टोली सहभागी च्याम्पियनसिप डबल राउण्ड रोबिन फर्म्याटमा खेलाइएको छ । अन्तिममा धेरै अंक जोडेर शीर्ष स्थानमा रहने टोली च्याम्पियन बन्नेछ ।

प्रकाशित: १ साउन २०८२ ७:५४ | Thursday, July 17, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight − 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast