सांसद अमरेशकुमार सिंहद्वारा रविको पक्षमा हस्ताक्षर, ठूला दलबाटै सहकारीको रकम हिनामिना भएको आरोप

हिमाल प्रेस ११ साउन २०८२ १४:०८ | Sunday, July 27, 2025
सांसद अमरेशकुमार सिंहद्वारा रविको पक्षमा हस्ताक्षर, ठूला दलबाटै सहकारीको रकम हिनामिना भएको आरोप

काठमाडौँ- स्वतन्त्र सांसद डा.अमरेशकुमार सिंहले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेको पक्षमा हस्ताक्षर गरेका छन्।

सिंह आइतबार रास्वपाको मुख्यालय वनस्थली पुगेर हस्ताक्षर गरेका हुन्। उक्त अवसरमा उनले पछिल्ला तीन दशकदेखि शासन गर्दै आएका ठूला दलहरूले देशलाई गरिब बनाएको, विदेशी ऋणको भारी थोपरेको र सर्वत्र भ्रष्टाचार फैलाएको आरोप लगाए।

‘रवि लामिछाने राजनीतिमा आएको तीन वर्ष मात्रै भयो,’ उनले भने, ‘तर सहकारीको रकम हिनामिना गर्ने काम ठूला दलका नेताहरूबाटै भएको हो।’

यसअघि नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले पनि लामिछानेको पक्षमा हस्ताक्षर गरेका थिए।

प्रकाशित: ११ साउन २०८२ १४:०८ | Sunday, July 27, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast