सर्वोच्च अदालतको मुख्य रजिष्ट्रारमा पौडेल नियुक्त

हिमाल प्रेस १२ साउन २०८२ १५:०४ | Monday, July 28, 2025
सर्वोच्च अदालतको मुख्य रजिष्ट्रारमा पौडेल नियुक्त

काठमाडौँ– सर्वोच्च अदालतको मुख्य रजिष्ट्रारमा विमल पौडेल नियुक्त भएका छन्।

न्याय सेवा आयोगको सोमबार बसेको बैठकले पौडेललाई मुख्य रजिष्ट्रारमा नियुक्त गर्ने निर्णय गरेको न्याय परिषद्का प्रवक्ता डा. अशोककुमार क्षेत्रीले जानकारी दिए।

मुख्य रजिष्ट्रार देवेन्द्रराज ढकाल ५८ वर्षे उमेर हदका कारण आइतबारदेखि अनिवार्य अवकाश लिएका थिए।

बैठकले सर्वोच्च अदालतको सह–रजिष्ट्रार मानवहादुर कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको छ। साथै, सह न्यायाधिवक्ता सूर्यराज दाहाललाई बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको सचिवमा पदस्थापन गर्ने निर्णय भएको छ।

प्रकाशित: १२ साउन २०८२ १५:०४ | Monday, July 28, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen + five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast