सर्लाहीमा घर भत्किँदा बालकको मृत्यु

हिमाल प्रेस १४ साउन २०८२ २१:०३ | Wednesday, July 30, 2025
सर्लाहीमा घर भत्किँदा बालकको मृत्यु

बरहथवा (सर्लाही)- सर्लाही चन्द्रनगर गाउँपालिका-६, कामद टोलमा आज (बुधबार) एक घर भत्किँदा किचिएर एक बालकको मृत्यु भएको छ।

बुधबार दिउँसो ४ः३० बजेको समयमा नवीन सिंहको पुरानो दुई तले पक्की घर अचानक भत्किएको थियो। आँगनमा खेलिरहेका स्थानीय गौतम माझीका ६ वर्षीय छोरा अरुण माझीको किचिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता सरोज राईले जानकारी दिए।

प्रहरी टोली घटनास्थल पुगेको र प्रहरी, स्थानीय मिलेर जेसिबीको सहायतामा भत्किएको घरको भग्नावशेष हटाउने काम भइरहेको जनाइएको छ। घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक राईले बताए।

काठ, इँटा र माटोले बनेको उक्त घर पुरानो भएर लडेको हुन सक्ने प्रहरीको अनुमान छ। मृत बालकको शव परीक्षणका लागि प्रादेशिक अस्पताल मलङ्वामा लगिएको छ। रासस

प्रकाशित: १४ साउन २०८२ २१:०३ | Wednesday, July 30, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast